5 years ago
November 29, 2019
काठमाडौं (हाम्रो खेलकुद)– ठुङ्मरम इन्टरनेसनल एकेडेमी (टिआइए) को आयोजनामा इन्टर स्कुल टिआइए कप छात्र छात्रा बास्केटबल प्रतियोगिता आयोजना हुँदैछ । टिआइएले लगातार १३ वर्षदेखि इजुकेसन एन्ड स्पोर्टस् मस्ट गो टुगेदर नाराका साथ बास्केटबल आयोजना गर्दै आएको छ ।
यसपटक सिनिरय ब्वाइज र गल्र्सका साथै शिक्षकको पनि अलग प्रतिस्पर्धा हुनेछ । छात्र र छात्रातर्फ समान १६ टोलीबीच प्रतिस्पर्धा हुने टिआइएले शुक्रबार जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
प्रतियोगिता सन्चालनका लागि भन्डै ३ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताको उद्घाटन शनिबार अखिल नेपाल फुटबल संघ (एन्फा) र टिआइए विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्मा छिरिङ शेर्पाले गर्ने बताइएको छ ।
February 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- टाइम्स ‘ए’ ले अन्तर्राष्ट्रिय थ्रीबाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको उपाधि जितेको छ। बुधबार राति भएको फाइनलमा राइभल पाकिस्तानलाई २१–१७ ले हराउँदै टाइम्स ‘ए’ लगातार दोस्रो पटक च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको खेलमा टाइम्सलाई जित दिलाउन सदीश प्रधानको प्रदर्शन उत्कृष्ट रहयो। यसअघि बुधबार नै भएको पहिलो सेमिफाइनलमा […]
December 7, 2024
काठमाडौं (हाम्रो खेलकुद)- ह्विलचेयर स्पोर्ट्स एसोसिएसन (डब्ल्युएसए) महिला ह्विलचेयर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ। ३३औं अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघ र राष्ट्रिय अपांग महासंघ नेपालको आयोजनामा शनिवार मध्य बानेश्वरस्थित ग्लोबल कलेजकाे कोर्टमा भएको फाइनलमा डब्ल्युएसएले जावलाखेल ह्विलचेयर स्पोट्र्स क्लबलाई २०-१२ को स्कोरे हराउँदै पहिलो भएको हो। विजेता डब्ल्युएसएकी ज्योती अर्याल […]
June 10, 2024
सिड्नी (हाम्रो खेलकुद) – छन्त्याल परिवार अस्ट्रेलिया (सिपिए) र ढोरपाटन क्लब अस्ट्रेलियाले मोना एकदिने पुरुष तथा महिला भलिबलको उपाधि जितेका छन् । छन्त्याल पुरुषमा तथा ढोरपाटन महिलामा च्याम्पियन बनेका हुन् । छन्त्याल परिवारले आयोजक म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो । ओबर्न बास्केटबल सेन्टर लिडकममा […]