5 years ago
September 12, 2019
काठमाडौं (हाम्रो खेलकुद)- छैटौं सेन्ट जेभियर्स कप इन्टर कलेज बास्केटबल प्रतियोगिता यही असोजमा आयोजना हुने भएको छ । सेन्ट जेभियर्स कलेज अन्तरगको खेलकुद विभागले १ असोजदेखि प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा स्नातक तहमा अध्ययनरत राजधनीका २१ कलेजहरुको सहभागिता रहनेछ ।
पुरुषतर्फको प्रतियोगिता लिग कम नकआउट आधारमा हुनेछ । महिलामा सिँगल राउण्ड रोबिन लिगपछि सिधै फाइनल खेलाइनेछ । सम्पूर्ण खेलहरु कलेजको माइतिघरस्थित बास्केटबल कोर्टमा हुनेछ । पुरुषतर्फको बिजेताले ३० हजार रुपैया हात पार्नेछन् । दोस्रो हुनेले १५ हजार रुपैया पाउनेछन् ।
महिलातर्फको विजेताले २० हजार तथा उपविजेताले १५ हजार पाउनेछन् । प्रतियोगिताको समापनपछि खेलकुद बिभागले बल्खुस्थित श्री जनबिकास बिद्यालयको लागि खेलकुद सामाग्रीहरु हस्तान्तरण गर्नेछ ।
कलेजका उप प्रधानाध्यापक फादर जोमनले खेलकुद बिभागले गर्न गइरहेको सामाजिक कार्य सराहानिया रहेको र यस्तो खालको कार्यले बिपन्न बालबालिकाहरुलाइ खेलमा लाग्नको लागि निकै नै उचित हिसाबले सहयोग गर्ने बताए । सेन्ट जेभियर्स कलेजका खेलकुद संयोजक उत्सव चन्दले प्रतियोगितामार्फत खेलाडीहरुले राम्रो प्रतिस्पर्धाकाबीच आफ्नो खेल कौशल देखाउने सक्ने बताए ।
February 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- टाइम्स ‘ए’ ले अन्तर्राष्ट्रिय थ्रीबाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको उपाधि जितेको छ। बुधबार राति भएको फाइनलमा राइभल पाकिस्तानलाई २१–१७ ले हराउँदै टाइम्स ‘ए’ लगातार दोस्रो पटक च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको खेलमा टाइम्सलाई जित दिलाउन सदीश प्रधानको प्रदर्शन उत्कृष्ट रहयो। यसअघि बुधबार नै भएको पहिलो सेमिफाइनलमा […]
December 7, 2024
काठमाडौं (हाम्रो खेलकुद)- ह्विलचेयर स्पोर्ट्स एसोसिएसन (डब्ल्युएसए) महिला ह्विलचेयर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ। ३३औं अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघ र राष्ट्रिय अपांग महासंघ नेपालको आयोजनामा शनिवार मध्य बानेश्वरस्थित ग्लोबल कलेजकाे कोर्टमा भएको फाइनलमा डब्ल्युएसएले जावलाखेल ह्विलचेयर स्पोट्र्स क्लबलाई २०-१२ को स्कोरे हराउँदै पहिलो भएको हो। विजेता डब्ल्युएसएकी ज्योती अर्याल […]
June 10, 2024
सिड्नी (हाम्रो खेलकुद) – छन्त्याल परिवार अस्ट्रेलिया (सिपिए) र ढोरपाटन क्लब अस्ट्रेलियाले मोना एकदिने पुरुष तथा महिला भलिबलको उपाधि जितेका छन् । छन्त्याल पुरुषमा तथा ढोरपाटन महिलामा च्याम्पियन बनेका हुन् । छन्त्याल परिवारले आयोजक म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो । ओबर्न बास्केटबल सेन्टर लिडकममा […]