9 years ago
June 3, 2016
काठमाडौं( हाम्रो खेलकुद) -बंगलादेशको ढाकामा सम्पन्न फिबा एसिया यु–१८ क्वालिफाइङ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोलीलाई नेपाल बास्केटबल संघले शुक्रबार स्वागत गरेको छ ।
जुलाई १ र २ तारिखमा भएको प्रतियोगितामा नेपालले श्रीलंकालाई ६५–६४ तथा बंगलादेशलाई ५७–५४ ले पराजित गरेको थियो । राउन्ड रोविन लिगका आधारमा भएको चार राष्ट्र सहभागी प्रतियोगितामा नेपाल भारतसंग ११७–४० ले पछि परेपछि उपविजेतामा सीमित भएको थियो । भारत विजेता बन्दै जुलाइ १५ देखि २४ तारिखसम्म इरानमा हुने यु–१८ पुरुष एसियाली बास्केटबल च्याम्पियनसिपका लागि छनोट भयो । विजेता मात्र च्याम्पियनसिपका लागि छनोट हुने प्रावधान छ ।
नेपाली खेलाडी टोलीमा कुन्खेनजित थिङ लामा (कप्तान), अजय कुँवर, निश्चल महर्जन, माधवप्रसाद निरौला, अजय कुश्वाहा, सौगातदीप सिंह, जसाङ सुनुवार, आशिष बस्नेत, प्रगुन महर्जन, युवराज तामाङ, शशि पराजुली तथा निकेश राखाल मगर रहेका छन् ।
त्यस्तै प्रशिक्षकमा रविन्द्रमान महर्जन र सहायक प्रशिक्षकमा केदार बुढाथोकी तथा टिम व्यवस्थापकमा राजेश महर्जन छन् ।
टोलीलाई युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डल, खेलकुद मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनाली, नेपाल बास्केटबल संघका अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष लामा टेन्डी शेर्पाले त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा टोलीलाई खादा र टीका लगाइ स्वागत गर्दै बधाइ दिएका थिए । उपाध्यक्ष शेर्पाले टोलीलाई नगद पुरस्कारका लागि सम्बन्धित निकायमा पहल गर्ने प्रतिबद्धता जनाए ।
February 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- टाइम्स ‘ए’ ले अन्तर्राष्ट्रिय थ्रीबाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको उपाधि जितेको छ। बुधबार राति भएको फाइनलमा राइभल पाकिस्तानलाई २१–१७ ले हराउँदै टाइम्स ‘ए’ लगातार दोस्रो पटक च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको खेलमा टाइम्सलाई जित दिलाउन सदीश प्रधानको प्रदर्शन उत्कृष्ट रहयो। यसअघि बुधबार नै भएको पहिलो सेमिफाइनलमा […]
December 7, 2024
काठमाडौं (हाम्रो खेलकुद)- ह्विलचेयर स्पोर्ट्स एसोसिएसन (डब्ल्युएसए) महिला ह्विलचेयर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ। ३३औं अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघ र राष्ट्रिय अपांग महासंघ नेपालको आयोजनामा शनिवार मध्य बानेश्वरस्थित ग्लोबल कलेजकाे कोर्टमा भएको फाइनलमा डब्ल्युएसएले जावलाखेल ह्विलचेयर स्पोट्र्स क्लबलाई २०-१२ को स्कोरे हराउँदै पहिलो भएको हो। विजेता डब्ल्युएसएकी ज्योती अर्याल […]
June 10, 2024
सिड्नी (हाम्रो खेलकुद) – छन्त्याल परिवार अस्ट्रेलिया (सिपिए) र ढोरपाटन क्लब अस्ट्रेलियाले मोना एकदिने पुरुष तथा महिला भलिबलको उपाधि जितेका छन् । छन्त्याल पुरुषमा तथा ढोरपाटन महिलामा च्याम्पियन बनेका हुन् । छन्त्याल परिवारले आयोजक म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो । ओबर्न बास्केटबल सेन्टर लिडकममा […]