default_image

9 years ago

May 29, 2016

सीसीआरसीलाई स्किम्स कप

117 views

0 Bookmark

काठमाडौं, जेठ १६ गते ।
सीसीआरसी ‘बी’ ले प्रथम स्किम्स कप खुला थ्री बाइ थ्री छात्र बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेको छ ।

schems cup three vs three basketball
महाराजगन्ज, चक्रपथस्थित आयोजक स्किम्सको कोर्टमा भएको फाइनलमा सीसीआरसीले नासालाई २१–१८ ले पराजित गर्‍यो । सीसीआरसीको जितमा आशिष बस्नेत र थिलेन शेर्पाले समान १०–१० तथा करण केसीले १ अंक जोडे ।

हिमालयन ह्याप्पी चाइल्ड एकेडेमी (एचएचसीए) ले तेश्रो स्थानमा चित्त बुझायो । एचएचसीएले गोल्डेनपिकलाई २१–१८ ले हरायो । विजेताका प्रवीण राई र रुपेश खड्काले समान ८–८ स्कोर गरे । शीर्ष तीन स्थान हात पार्ने टोलीले क्रमश: १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाण पत्र प्राप्त गरे । सीसीआरसीका आशिष बस्नेत ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए ।

विजेतालाई नेपाल बास्केटबल संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्र थापा, स्किम्स विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेबबहादुर खड्का, प्रिन्सिपल आरपी खतिवडा, निर्देशक खगेन्द्र ढकाललगायतले पुरस्कृत गरे । तीनदिने प्रतियोगितामा ३२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

March 18, 2025

ह्विलचियर बास्केटबलमा जावलाखेल र आर्मी च्याम्पियन 

काठमाडौं(हाम्रो खेलकुद)- जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जेडब्युएससी) महिलातर्फ र त्रिभुवन आर्मी क्लबले पुरुषतर्फ अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ।  नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइएसए) को आयोजना र युवा तथा खेलकुद मन्त्रालय, बागमती प्रदेशको सहयोगमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आज सकिएको प्रतियोगिताका विजेता दुवै टोलीले ५० हजार रुपैयाँ प्राप्त […]

March 17, 2025

ह्विलचियर बास्केटबल – सेमिफाइनल समीकरण पूरा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा जारी उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमवार सुरु भएको प्रतियोगितामा पहिलो दिन समूह चरणका सबै खेल सकिएका छन् । महिला र पुरुष दुवैतर्फबाट अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो। पुरुषतर्फ […]

March 15, 2025

क्लबस्तरीय ह्विलचियर बास्केटबल हुँदै

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्ज्युरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा सोमवार सुरु हुने भएको छ। प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा चैत ४ र ५ गते प्रतियोगिता हुने संघले गोकर्णेश्वर नगरपालिका ६, नारायणटारमा शनिवार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ। प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ […]

Success

Thank you for your time.