6 years ago
July 30, 2019
प्रकाश तिमल्सिना, काठमाडौं
नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव लामा टेण्डी शेर्पा उपचारका लागि अमेरिकाबाट भारतको नयाँ दिल्ली आउने भएका छन् । अमेरिकाको समय अनुसार मंगलबार साँझ ७ बजे कुवेत एयरमार्फत टेण्डी आफ्ना ठूलो दाई नवाङ निमा शेर्पाका साथ भारततर्फ आउनेछन् ।
इएलेस डिजिज नामक नसा सम्बन्धि रोगबाट पीडित टेण्डी केहि महिना अघि उपचारका लागि अमेरिका गएका थिए । तर, उनलाई लागेको रोगको अहिले सम्म उपचार पत्ता लागि नसकेको बताइएको छ । टेण्डी अहिले बोल्न सक्दैनन् ।
केहि दिन अघि मात्र टेण्डीले आफ्नो पछिल्लो अवस्थाका बारेमा हाम्रो खेलकुदसँग साटेका थिए । झन्डै दुई दशकदेखि नेपाली खेलकुदमा सक्रिय टेण्डीको गत वर्ष रोग पत्ता लागेको थियो । दिल्लीमा उनको आयुवेर्दिक उचार गरिने टेण्डीका दाजुले बताए ।
‘हामीले गत वर्ष केरेलाको आयुर्वेदशालामा जाने प्रयासमा थियौं । त्यहाँ सिट पाउन सकिएन । त्यसकै दिल्लीमा रहेको शाखामा अहिले सिट पाइएको छ,’ पछिल्लो ५ वर्षदेखि अमेरिकामा बस्दै आएका उनले भने, ‘टेण्डीको इच्छा अनुसार हामी त्यहाँ जान लागेका छौं । नेपालमा उसका केहि साथी आउन सक्छन् ।’
राष्ट्रिय खेलकुद परिषद्(राखेप) का पूर्व उपाध्यक्ष टेण्डी नेपाल बास्केबटल संघका अध्यक्ष हुन् । दुई दशक अघि सितोरियो कराते संघको सदस्य हुँदै खेलकुदमा औपचारिक रुपमा प्रवेश गरेका उनी त्यसपछि टेबल टेनिस संघ हुँदै बास्केबल संघमा पुगेका थिए । पछिल्लो १२ वर्षदेखि उनी बास्केटबल संघको अध्यक्ष छन् ।
तत्कालिन नेकपा एमालको भातृ संगठन नेपाल खेलकुद महासंघका महासचिव टेण्डी अनेरास्ववियूका पूर्व विद्यार्थी नेता हुन् । उनी दुई पटक अमृत साइन्स क्याम्पसको सभापति निर्वाचित भएका थिए ।
February 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- टाइम्स ‘ए’ ले अन्तर्राष्ट्रिय थ्रीबाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको उपाधि जितेको छ। बुधबार राति भएको फाइनलमा राइभल पाकिस्तानलाई २१–१७ ले हराउँदै टाइम्स ‘ए’ लगातार दोस्रो पटक च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको खेलमा टाइम्सलाई जित दिलाउन सदीश प्रधानको प्रदर्शन उत्कृष्ट रहयो। यसअघि बुधबार नै भएको पहिलो सेमिफाइनलमा […]
December 7, 2024
काठमाडौं (हाम्रो खेलकुद)- ह्विलचेयर स्पोर्ट्स एसोसिएसन (डब्ल्युएसए) महिला ह्विलचेयर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ। ३३औं अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघ र राष्ट्रिय अपांग महासंघ नेपालको आयोजनामा शनिवार मध्य बानेश्वरस्थित ग्लोबल कलेजकाे कोर्टमा भएको फाइनलमा डब्ल्युएसएले जावलाखेल ह्विलचेयर स्पोट्र्स क्लबलाई २०-१२ को स्कोरे हराउँदै पहिलो भएको हो। विजेता डब्ल्युएसएकी ज्योती अर्याल […]
June 10, 2024
सिड्नी (हाम्रो खेलकुद) – छन्त्याल परिवार अस्ट्रेलिया (सिपिए) र ढोरपाटन क्लब अस्ट्रेलियाले मोना एकदिने पुरुष तथा महिला भलिबलको उपाधि जितेका छन् । छन्त्याल पुरुषमा तथा ढोरपाटन महिलामा च्याम्पियन बनेका हुन् । छन्त्याल परिवारले आयोजक म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो । ओबर्न बास्केटबल सेन्टर लिडकममा […]