6 years ago
July 22, 2019
प्रकाश तिमल्सिना, काठमाडौं
कुनै बेला नेपाली राजनीतिको चर्चामा रहेका कांग्रेस नेता नरहरि आचार्य यतिबेला ओझलमा छन् । कारण उनको स्वास्थ्य अवस्था । २०७२ फागुन १६ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको निधन पछि उहाँलाई श्रद्धान्जली दिन महारगन्ज पुगेका आचार्य मस्तिष्क पक्षघात भएर त्यहीं ढले ।
लामो समयको उपचार र आरामपछि उनी सामान्य हिडडुल गर्न सक्ने अवस्थामा पुगेका छन् । तर, राजनीतिमा पहिला जस्तो उनको क्रियासिलता अब रहेन । स्वास्थ्यकै कारण उनलाई राजनीतिमा पहिलेजस्तो क्रियासिल हुने अनुमति छैन । अथवा यसो भनौं, राजनीतिक भागदौडमा सामेल हुन र खट्न आचार्य स्वास्थ्यकै कारणले पनि सक्दैनन् । रोगसँग लडेर उनी जीवनमा त फर्किए तर राजनीतिको आँगन उनका लागि अब दूर दराज बन्यो ।
नेपाली राजनीतिमा आचार्यजस्तै खेलकूदमा पनि कुनै समय खुबै सक्रिय एक व्यक्ति अहिले खराब स्वास्थ्यकै कारण गुमनामको जीवन व्यतीत गर्दैछन् । खेलकूदबाट यति निस्क्रिय रहेर जीवन जिउन पर्ला भनेर न त उनले सोचेका थिए, न नेपाली खेलकुदलाई माया गर्नेले नै । उनी हुन्– नेपाल ओलम्पिक कमिटिका महासचिव लामा टेण्डी शेर्पा । खेलकुदमा सबैभन्दा क्रियासिल मध्येका एक उनका लागि पछिल्लो एक वर्ष निकै दुःखदायी रह्यो । मिल्नेभए उनी गएको एक वर्षलाई बिस्मृतिमा पुर्याइदिन्थे । तर, समयको अगाडि कसैको केही सीप चल्दैन ।
कलेज पढ्ने समयबाटै कहलिएका बलिया बाङ्गा लामा टेण्डी शेर्पा पनि समयभन्दा बलिया निस्केनन् । उनलाई लागेको नशा सम्बन्धी रोगको उपचार अहिलेसम्म पत्ता लागेको छैन । टेण्डीसँग अहिले रोगसँग लड्नुको बिकल्पबाहेक केही छैन । अवस्था कतिसम्म बिग्रिएको छ भने नहाँसी बोल्न नजान्ने टेण्डीको अहिले वाक्य समेत फुट्दैन ।
यति बेला उनी दाजुहरुका साथ अमेरिका बस्दै आएका छन् । संसारमा त्यो रोगको उपचार नभएको उनी आफैले हामीलाई म्यासेन्जरमा लखेका छन् । रोग पत्ता लागेको केहि समय उनी कसैको सम्पर्कमा आउन चाहेनन् । उनलाई सञ्चो छैन भन्ने थाहा भएपनि यहि रोग भन्ने कमलाई मात्र थाहा दिइएको थियो । उनी आफै पनि कसैसँग भेट्न चाहदैन थिए । किनभने कल्पनासमेत नगरेको क्षणले जीवनलाई क्षणभंगुर बनाउला भन्ने उनले सोच्ने कुरै भएन ।
आफूलाई बलियो पारेर मात्रै बाहिरी संसारसँग कुराकानी गर्ने उनको योजना थियो । गएको एक वर्षमा उनले आफैंलाई बलियो र दरो मात्रै बनाएका छैनन् हिम्मतीला पनि तुल्याएका छन् । खेलाडी र सेनालाई यस्तो रोग बढी लाग्ने गरेको तथ्य पनि उनले अमेरिकामै थाहा पाए । तर, यसको कारणबारे अझै अनुसन्धान भएको छैन । अमेरिका र क्यानाडामा वर्षको झन्डै १० हजारलाई यस्तो रोग देखा परेको उनले त्यहि पुगेर थाहा पाएका थिए ।
रोगबाट नतङ्ग्रिए पनि बिस्तारै उनले आफुलाई सम्हाल्ने प्रयास गरेका छन् । अहिले उनी सामाजिक सञ्जालमा सक्रिय छन् । तीन दिनअघि मात्र उनले आफुलाई ४९ औं जन्म दिनको शुभकामना दिने सबैलाई धन्यवाद दिएका छन् । नेपाली राजनीति होस् वा खेलकुदका बारेमा उनी चासो राख्छन् ।
एउटा समय थियो, नेपाली खेलकुदमा उनी सबैभन्दा शक्तिशाली जस्तै थिए । एकै समय उनीसँग जस्तो पद कसैसँग थिएन । झन्डै १२ वर्ष देखि नेपाल बास्कटेबल संघको अध्यक्ष रहेका टेन्डी नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव हुन् ।
तत्कालिन नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघका महासचिव रहेका उनी राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्ष थिए । उनको पदावधि सकिएपछि पिताम्बर तिम्सिना त्यहाँ गएक हुन् । गत वर्ष इन्डोनेसियाको भएको १८ औं एसियाली खेलकुदमा नेपालले कति खेलमा भाग लिने भन्ने निर्णय गर्नका लागि उनकै संयोजकत्वमा समिति बनेको थियो ।
सन् २००७ मा बास्केटलबल संघका अध्यक्ष बन्नुअघि उनको खेलकुदमा प्रवेश भने सितोरियो संघ सदस्यबाट भएको थियो । पछि उनी टेबल टेनिस संघमा पनि बसे । बास्केटबल संघमा उपाध्यक्ष भएर प्रवेश गरेको अर्को वर्ष उनी अध्यक्ष बने । त्यसयता लगातार उनले नै बास्केबलको नेतृत्व गरिएको छ । उनकै पहलमा नेपालले एसियाली खेलकुदमा थ्री अन थ्री बास्केबलमा भाग लिएको थियो । ह्विलचियर बास्केटबल संघको नेतृत्व पनि उनले नै गरेका छन् । एनओसीमा लामो समयदेखि रहेका उनी सहायकयक महासचिव हुँदै पछिल्लो पटक महासचिव निर्वाचित भएका थिए । अहिले पनि उनले सबैभन्दा बढी मिस खेलकुदलाई गर्ने बताएका छन् । खेलकुदमा जत्तिकै उनको चर्चा विधार्थी राजनीतिमा थियो । उनी दुई पटक अनेरास्वीयूबाट अमृत साइन्स क्याम्पसमा स्ववियू सभापति निर्वाचित भएका थिए ।
समय बदलिएको छ । टेण्डीको सोच पनि । अब चिन्ता गरेर रोग निको हुन्न भन्ने उले बुझिसके । चिन्ता र चिताबीचको सम्बन्धबारे उनी भलीभाँती छन् । आफ्नो वसमा नभएको कुराबारे चिन्ता लिएर दुःख मनाउ गर्नु व्यर्थ हुने उनले बुझिसकेका छन् । अब सबै सामान्य लिनुपर्छ भन्ने उनको निष्कर्ष छ । जीवन हो, जीवनमा सोचे जस्तो मात्र नहुने उनले मानिसकेका छन् । अब उनी आफ्नो रोगका बारेमा खुलेर भन्नुपर्छ भन्ने मनस्थितिमा पुगेका छन् । स्थिति बदल्न मनस्थितिमा परिवर्तन ल्याउनुपर्ने उनले विगत एक वर्षमा भोगेको तीतो सत्य हो ।
February 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- टाइम्स ‘ए’ ले अन्तर्राष्ट्रिय थ्रीबाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको उपाधि जितेको छ। बुधबार राति भएको फाइनलमा राइभल पाकिस्तानलाई २१–१७ ले हराउँदै टाइम्स ‘ए’ लगातार दोस्रो पटक च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको खेलमा टाइम्सलाई जित दिलाउन सदीश प्रधानको प्रदर्शन उत्कृष्ट रहयो। यसअघि बुधबार नै भएको पहिलो सेमिफाइनलमा […]
December 7, 2024
काठमाडौं (हाम्रो खेलकुद)- ह्विलचेयर स्पोर्ट्स एसोसिएसन (डब्ल्युएसए) महिला ह्विलचेयर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ। ३३औं अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघ र राष्ट्रिय अपांग महासंघ नेपालको आयोजनामा शनिवार मध्य बानेश्वरस्थित ग्लोबल कलेजकाे कोर्टमा भएको फाइनलमा डब्ल्युएसएले जावलाखेल ह्विलचेयर स्पोट्र्स क्लबलाई २०-१२ को स्कोरे हराउँदै पहिलो भएको हो। विजेता डब्ल्युएसएकी ज्योती अर्याल […]
June 10, 2024
सिड्नी (हाम्रो खेलकुद) – छन्त्याल परिवार अस्ट्रेलिया (सिपिए) र ढोरपाटन क्लब अस्ट्रेलियाले मोना एकदिने पुरुष तथा महिला भलिबलको उपाधि जितेका छन् । छन्त्याल पुरुषमा तथा ढोरपाटन महिलामा च्याम्पियन बनेका हुन् । छन्त्याल परिवारले आयोजक म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो । ओबर्न बास्केटबल सेन्टर लिडकममा […]