default_image

10 years ago

August 31, 2015

डेनेबलाई मध्य क्षेत्रीय बास्केटबल उपाधि

159 views

0 Bookmark

डेनेब एकेडेमीले छैटौं प्याब्सन मध्य क्षेत्रीय अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा दोहोरो उपाधि जितेको छ । डेनेब ब्वाइज र गल्र्स दुवैमा च्याम्पियन बन्यो ।

डेनेबलाई मध्य क्षेत्रीय बास्केटबल उपाधि

प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंद्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा डेनेबले मार्बलस इङलिस स्कुललाई ४१–२५ ले पराजित गर्‍यो । डेनेबको जितमा सौरव खड्काले १२ अंक जोडे । अनामनगरस्थित एसियन पब्लिक स्कुलको कोर्टमा भएको गल्र्स फाइनलमा डेनेबले हेम्सलाई १८–५ ले हरायो । डेनेबकी सब्नम श्रेष्ठले ८ स्कोर गरिन् ।

ब्वाइजमा काठमाडौं इङलिस स्कुल (केइएस) ले हेम्सलाई २४–२२ तथा गल्र्समा एसियन पब्लिकले मार्बलसलाई १७–२ ले पाखा लगाउदै तेश्रो भए । ब्वाइजमा डेनेबका राजकुमार बोहरा र गल्र्समा डेनेबकै आकृति मैनाली तथा ब्वाइजमा केइएसका यकेन्द्र ठकुरी र गल्र्समा एसियन पब्लिककी मोनिका थापा उदीयमान खेलाडी घोषित भए । त्यस्तै ब्वाइजमा अनिल श्रेष्ठ र गल्र्समा सब्नम श्रेष्ठ सर्वाधिक स्कोरकर्ता बने । दुवै डेनेबका हुन् । प्रतियोगिताभर अनिलले ५७ र सब्नमले ३५ अंक जोडेका थिए ।

विजेतालाई युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल, केन्द्रीय प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसी, आयोजकका अध्यक्ष सुकुमार थपलिया, आयोजककै प्रमुख सल्लाहकार युद्धिष्ठिर पौडेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

तीनदिने नकआउट प्रतियोगिताको ब्वाइजमा १५ तथा गल्र्समा १२ टिमले सहभागिता जनाएको संयोजक गगन एरले जनाएका छन् । प्रतियोगिताको सातौं संस्करण सानोगौचरणस्थित काठमाडौं इङलिस स्कुल (केइएस) मा हुने भएको छ । मध्य क्षेत्रीय समिति, काठमाडौंमा आबद्ध विद्यालयले पालैपालो प्रतियोगिता आयोजना गर्ने गरेका छन् । मध्य क्षेत्रीयमा विभिन्न ३२ विद्यालय आबद्ध छन् ।

March 18, 2025

ह्विलचियर बास्केटबलमा जावलाखेल र आर्मी च्याम्पियन 

काठमाडौं(हाम्रो खेलकुद)- जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जेडब्युएससी) महिलातर्फ र त्रिभुवन आर्मी क्लबले पुरुषतर्फ अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ।  नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइएसए) को आयोजना र युवा तथा खेलकुद मन्त्रालय, बागमती प्रदेशको सहयोगमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आज सकिएको प्रतियोगिताका विजेता दुवै टोलीले ५० हजार रुपैयाँ प्राप्त […]

March 17, 2025

ह्विलचियर बास्केटबल – सेमिफाइनल समीकरण पूरा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा जारी उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमवार सुरु भएको प्रतियोगितामा पहिलो दिन समूह चरणका सबै खेल सकिएका छन् । महिला र पुरुष दुवैतर्फबाट अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो। पुरुषतर्फ […]

March 15, 2025

क्लबस्तरीय ह्विलचियर बास्केटबल हुँदै

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्ज्युरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा सोमवार सुरु हुने भएको छ। प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा चैत ४ र ५ गते प्रतियोगिता हुने संघले गोकर्णेश्वर नगरपालिका ६, नारायणटारमा शनिवार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ। प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ […]

Success

Thank you for your time.