6 years ago
June 20, 2019
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स इन्टरनेशनल कलेज क्विक्स नेपाल बास्केटबल लिग (एनबीएल) को फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वालिफायरको दोश्र खेलमा नेपाल पुलिस क्लबलाई ७२-५४ ले पराजित गर्दै टाइम्स फाइनल प्रवेश गरेको हो ।
पहिलो क्वाटरमा पुलिसले १४-१३ को अग्रता लिएपनि दोस्रो क्वाटरमा पुलिसले अपेक्षित प्रदर्शन गर्न सकेन । दोस्रो क्वाटरको समाप्तिमा पुलिस ३०-२१ ले पछि परेको थियो । तेस्रो क्वाटरमा दुवै टोलीले २४-२४ स्कोर गरेपछि टाइम्सले अग्रता कायम राख्यो । अन्तिम क्वाटरमा टाइम्सले आफ्नो लयलाई कायम राख्दै जित पक्का गर्यो ।
टाइम्सको जितमा कप्तान सदिश प्रधानले उत्कृष्ट प्रदर्शन गरे । सदिश एक्लैले २५ अंक जोडेका थिए । उनले खेलको तेस्रो क्वाटरमा उत्कृष्ट प्रदर्शन गरेपछि टाइम्स जिततर्फ उन्मुख भएको थियो । टाइम्सले अब शनिबार हुने उपाधि भिडन्तमा आर्मीको सामना गर्नेछ ।
प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँ र उपविजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताका मोस्ट भ्यालुएबल प्लेयर र हाइएस्ट स्कोररका लागि पनि उचित पुरस्कारको ब्यवस्था गरिएको आयोजकले जनाएको छ ।
February 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- टाइम्स ‘ए’ ले अन्तर्राष्ट्रिय थ्रीबाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको उपाधि जितेको छ। बुधबार राति भएको फाइनलमा राइभल पाकिस्तानलाई २१–१७ ले हराउँदै टाइम्स ‘ए’ लगातार दोस्रो पटक च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको खेलमा टाइम्सलाई जित दिलाउन सदीश प्रधानको प्रदर्शन उत्कृष्ट रहयो। यसअघि बुधबार नै भएको पहिलो सेमिफाइनलमा […]
December 7, 2024
काठमाडौं (हाम्रो खेलकुद)- ह्विलचेयर स्पोर्ट्स एसोसिएसन (डब्ल्युएसए) महिला ह्विलचेयर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ। ३३औं अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघ र राष्ट्रिय अपांग महासंघ नेपालको आयोजनामा शनिवार मध्य बानेश्वरस्थित ग्लोबल कलेजकाे कोर्टमा भएको फाइनलमा डब्ल्युएसएले जावलाखेल ह्विलचेयर स्पोट्र्स क्लबलाई २०-१२ को स्कोरे हराउँदै पहिलो भएको हो। विजेता डब्ल्युएसएकी ज्योती अर्याल […]
June 10, 2024
सिड्नी (हाम्रो खेलकुद) – छन्त्याल परिवार अस्ट्रेलिया (सिपिए) र ढोरपाटन क्लब अस्ट्रेलियाले मोना एकदिने पुरुष तथा महिला भलिबलको उपाधि जितेका छन् । छन्त्याल पुरुषमा तथा ढोरपाटन महिलामा च्याम्पियन बनेका हुन् । छन्त्याल परिवारले आयोजक म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो । ओबर्न बास्केटबल सेन्टर लिडकममा […]