10 years ago
August 5, 2015
नेपाली महिला बास्कटेबल टोलीले भारत तामिलनाडुको क्वाइम्बेटोरमा १० देखि १५ अगष्ट सम्म आयोजना हुने अखिल भारत बास्केटबल च्यामिपयनसिपमा प्रतिस्पर्धा गर्ने भएकोछ ।
महिला बास्केटबल टोलीलाई बुधबार एक कार्यक्रमविच राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष एवं नेपाल बास्केटबल संघका अध्यक्ष लामा टेन्डी शेर्पाले परिषदमा बिदाई गरे ।प्रतियोगितामा सहभागि हुन जाने १९ जनाको टोलीमा स्नेहा श्रेष्ठ, सुजाता राई, उपमा पोखरेल, भवानी लामा, अनुषा मल्ल, लुनिभा सिंह र कप्तानमा प्रिती तुलाचन रहेकाछन् । त्यस्तै नयाा खेलाडीको रुपमा डेब्यु गर्ने खेलाडीहरुमा शान्ति श्रेष्ठ, स्वेता खरेल, माया स्याङ्गतान र एलिना गुरुङ्ग छन् भने एलिशा मल्लले टिममा पुनरागमन गरेकी छिन् ।
टिम प्रशिक्षकमा विकास शाही रहेकाछन् । यसै पटक देखि नेपाली महिला टोलीले महिला प्रशिक्षक पाएकोछ । राष्ट्रिय टोलीकी खेलाडी सदिना श्रेष्ठले सहायक प्रशिक्षकको रुपमा टोलीको साथ रहने भएकी छिन् । यस्तै ब्यवस्थापकमा निरञ्जन सत्याल र अफिसियलमा नयना शाक्य रहेकाछन् ।
खेलाडीहरुलाई बिदाई गर्दै उपाध्यक्ष लामाले अधिकांश खेलाडीहरुले एशियाली प्रतियोगिताको अनुभव बटुली सकेको अवस्थामा बास्केटबल टोलीले राम्रो खेल प्रदर्शन गर्नेमा विश्वस्त रहेको बताए । उनले नेपाली खेलकुदमा महिला टोलीले निन्तर अभ्यास गर्न पाउने टोलीमा बास्केटबल भएकोले टोलीलाई भाग्यमानी भएको बताए । उनले आगमी फागुनमा आयोजना हुने साग प्रतियोगितामा बासकेटबललाई समेत समाबिष्ट गर्न पहल भईरहेको भन्दै साबा महिला बास्केटबल च्याम्पियनसिप गर्न प्रताब गरेकोमा साबा कमिटिले फेब्रुअरी २५ देखि २९ सम्ममा नेपालमा गर्न प्रस्ताव आएको समेत बताए ।
प्रशिक्षक विकास शाहीले नेपाली खेलाडीहरुले ३ महिना देखि निरन्तर प्रशिक्षण लिईरहेको तथा नयाा र पुरानाको सम्मिश्रण रहेकोले खेलाडीहरुको मनोबल र स्तरमा बृद्धि भएको बताए । उनले अघिल्लो संस्करणमा कुनै जित हात पार्न नसकेको टोलीले यस पटक कम्तिमा दुई खेल जित्नेमा विश्वस्त रहेको बताए । टोली बिहिबार त्यस तर्फ प्रस्थान गर्नेछ ।
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा जारी उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमवार सुरु भएको प्रतियोगितामा पहिलो दिन समूह चरणका सबै खेल सकिएका छन् । महिला र पुरुष दुवैतर्फबाट अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो। पुरुषतर्फ […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्ज्युरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा सोमवार सुरु हुने भएको छ। प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा चैत ४ र ५ गते प्रतियोगिता हुने संघले गोकर्णेश्वर नगरपालिका ६, नारायणटारमा शनिवार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ। प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल तेस्रो साबा महिला च्याम्पियनसिपको समूह चारबाट बाहिरिएको छ । दक्षिण एसियाली बास्केटबल संघ (साबा) को आयोजनामा भारतमा भएको प्रतियोगितामा नेपाल लगातार दोस्रो हार बेहोरेपछि फाइनल पुग्न सकेन । नेपाल लिग चरणको दोस्रो खेलमा माल्दिभ्ससँग ५३-४६ ले पराजित भएपछि समूह चरणबाट नै बाहिरिएको हो । तीन राष्ट्र सम्मिलित प्रतियोगिताको पहिलो खेलमा […]