default_image

6 years ago

June 17, 2019

क्विक्स एनबीएल : साविक विजेता गोल्डेन गेट बाहिरियो

127 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता गोल्डेन गेट इन्टरनेशनल कलेज क्विक्स नेपाल बास्केटबल लिग (एनबीएल) को उपाधि होडबाट बाहिरिएको छ ।

सोमबार भएको एलिमिनेटर चरणको दोस्रो खेलमा नेपाल पुलिस क्लबले गोल्डेन गेटलाई ९०-६५ ले पराजित गरेपछि साविक विजेताको यात्रा सकिएको हो । गोल्डेन गेटले यसअघि आइतबार भएको पहिलो खेलमा पनि हार बेहोरेको थियो । यस जितसँगै पुलिस भने दोस्रो क्वालिफायरको लागि छनोट भएको छ । पहिलो क्वालिफायर अन्तर्गत त्रिभुवन आर्मी क्लब र टाइम्स इन्टरनेशनल क्लबबीचको खेलमा पराजित हुने टोलीले ‘बेस्ट अफ थ्री’ मा हुने दोस्रो क्वालिफायरमा पुलिसको सामना गर्नेछ ।

सोमबार भएको दोस्रो एलिमिनेटरमा गोल्डेन गेटले पहिलो क्वाटरमा अग्रता बनाएपनि दोस्रो र तेस्रो क्वाटरमा लय गुमाउँदा हार बेहोर्नुपर्यो । प्रभावशाली खेलाडी राजीव जोशी दोस्रो क्वाटरको सुरुवातमा घाइते हुनुले पनि गोल्डेन गेटको प्रदर्शनमा असर परेको थियो । पहिलो क्वाटरमा २१-१३ को अग्रता लिएको गोल्डेन गेटले दोस्रो क्वाटरमा भने ९ अंक मात्र थप्न सक्यो । खेलको मध्यान्तरमा पुलिसले ३७-३० को अग्रता बनायो ।

तेस्रो क्वाटरमा पनि पुलिसले आफ्नो उत्कृष्ट लय कायम राख्दै अग्रता झनै फराकिलो बनायो । पुलिसले तेस्रो क्वाटरमा ३३ अंक जोड्दा गोल्डेन गेटले त्यसको जवाफमा ८ अंकमात्र फर्काउन सक्यो । चौथो क्वाटरमा गोल्डेन गेटले २७ अंक जोडेपनि खेलको नतिजा बदल्न त्यो पर्याप्त रहेन । पुलिसले २० अंक जोड्दै अग्रता कायम राख्यो र दोस्रो क्वालिफायरमा आफ्नो स्थान पक्का गर्यो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका पुलिसका विकास गुरुङ म्यान अफ द म्याच भए ।

यसैगरी क्वालिफायरको दोस्रो खेलमा टाइम्सले एकतर्फी खेलमा आर्मीलाई पराजित गर्दै प्लेअफ १-१ को बराबरीमा ल्यायो । पहिलो क्वाटरदेखि नै अग्रता लिएको टाइम्सले आर्मीलाई ८१-५७ ले हराउँदै निर्णायक खेलमा नतिजा तय गर्ने समिकरण निकाल्यो । मंगलबार हुने खेलको विजेताले फाइनलमा प्रवेश गर्नेछ भने पराजित हुने टोली पुलिससँग दोस्रो क्वालिफायरमा खेल्नेछ ।

May 1, 2025

हिमालयन जाभा बास्केटबल लिग-  कीर्तिपुर र सामाखुशीबीच उद्धाटन खेल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा हुने हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) खेलतालिका सार्वजनिक भएको छ । बैशाख २० गते देखि सुरु हुने लिगको बुधवार खेलतालिका सार्वजनिक भएको छ । तालिका अनुसार लिगको उद्घाटन खेलमा शनिवार कीर्तिपुर र सामाखुशी युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । पहिलो दिन शनिवारै हाउण्ड्स एकेडेमी र रोएल्सबीच पनि […]

April 24, 2025

हिमालयन जाभा बास्केटबल लिग हुने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल बास्केटबल संघ (नेबा) ले हिमालयन जाबा बास्केटबल लिग गर्ने भएको छ। लिग वैशाख २० गते सुरु हुने बिहीवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। लिगको प्रमुख प्रायोजक हिमालयन जाभा रहेको छ। ६ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। टाईम्स, हाउण्ड्स, कीर्तिपुर, रोएल्स, गोल्डेनगेट र सामाखुशी क्लबले दाबेदारी प्रस्तुत गर्नेछन्। दोहोरो राउन्ड रोबिन ३२ […]

April 8, 2025

टाइम्सलाई साबा क्लब च्याम्पियनसिपमा कास्य पदक

काठमाडौं (हाम्रो खेलकुद)- नेपालको टाइम्स बास्केटबल क्लबले साबा क्लब च्याम्पियनसिपमा कास्य पदक जितेको छ। टाइम्सले आफ्नो चौथो तथा अन्तिम खेलमा सोमवार भुटानको थिम्पु म्याजिकलाई ८७-५९ ले हराउँदै तेस्रो स्थान पक्का गरेको हो। भारतको मद्रासस्थित जवाहरलाल नेहरु इन्डोर स्टेडियममा टाइम्सले पहिलो क्वाटरबाट नै खेलमा पकड बनाएको थियो। चौथो क्वाटर बाहेक सबैमा अग्रता लिएको थियो। पहिलोमा ३०-१२, दोस्रोमा […]

Success

Thank you for your time.