6 years ago
June 16, 2019
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले नेपाली बास्केटबल इतिहासकै सबैभन्दा लामो र ठूलो प्रतियोगिता क्विक्स नेपाल बास्केटबल लिग (एनबीएल) को प्ले अफको पहिलो खेलमा सफलता हात पारेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा आइबार भएको खेलमा आर्मीले टाइम्स इन्टरनेशनल क्लबलाई तथा पुलिसले गोल्डेनगेट कलेजलाई पराजित गर्दै प्ले अफको पहिलो खेलमा सफलता हात पारेको हो । आर्मीले टाइम्सलाई ७९–६५ ले पराजित गर्यो ।
आर्मीले पहिलो क्वाटरमा २६–१३ को अग्रता लिएको लिएको थियो । दोस्रो क्वाटरमा पनि आर्मीले २२–२० को अग्रता लिदै जिततर्फ अग्रसर भएको थियो । तर, तेस्रो क्वाटरमा आर्मी ९–१७ ले पछि परेपछि खेल ५७–५० को निकै रोमाञ्चक मोडमा पुगेको थियो । अन्तिम क्वाटरमा आर्मी २२–१५ ले विजयी हुन सफल भयो । आर्मीको जितमा आयुस सिंहले २४ अंकको योगदा दिए ।
आइतबारै भएको अर्काे खेलमा पुलिसले गोल्डेनगेट क्लबलाई ७८–७२ ले पराजित गर्दै विजयी भएको हो । पुलिस पहिलो र दोस्रो क्वाटरमा २०–२२ र २१–२२ ले पछि परेको थियो । तर, त्यसपछि पुलिसले उत्कृष्ट प्रदर्शन गर्दै तेस्रो क्वाटरमा १३–१२ र चौथो क्वाटरमा २४–१६ को अग्रता लिदै जित निकाल्न सफल भयो । पुलिसको जितमा बिकास गुरुङले २३ अंकको योगदान दिए ।
सोमबार पहिलो खेलमा पुलिस र गोल्डेनगेट तथा दोस्रो खेलमा आमी र टाइम्सबीच नै खेल हुनेछ ।
प्ले अफका खेलहरु बेस्ट अफ थ्री का आधारमा हुनेछ । लिगको शीर्ष दुई टोलीले ३ खेल खेल्नेछन् । प्लेअफमा आर्मी र टाइम्सले बेस्ट अफ थ्रीका आधारमा पहिलो क्वालिफायर खेल्नेछन् जसबाट विजयी टोली सिधै फाइनल प्रवेश गर्नेछ ।
लिगमा तेस्रो स्थान प्राप्त गरेको गोल्डेनगेट र चौथो स्थानको पुलिसले बेस्ट अफ थ्रि एलिमिनेटर खेल्नेछन् । विजयी टोलीले पहिलो क्वालिफायरको पराजित टोलीसँग फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्नेछ । दोस्रो क्वालिफायर पनि बेस्ट अफ थ्री कै आधारमा खेलाइनेछ । फाइनल ७ असारमा हुनेछ ।
May 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा हुने हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) खेलतालिका सार्वजनिक भएको छ । बैशाख २० गते देखि सुरु हुने लिगको बुधवार खेलतालिका सार्वजनिक भएको छ । तालिका अनुसार लिगको उद्घाटन खेलमा शनिवार कीर्तिपुर र सामाखुशी युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । पहिलो दिन शनिवारै हाउण्ड्स एकेडेमी र रोएल्सबीच पनि […]
April 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल बास्केटबल संघ (नेबा) ले हिमालयन जाबा बास्केटबल लिग गर्ने भएको छ। लिग वैशाख २० गते सुरु हुने बिहीवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। लिगको प्रमुख प्रायोजक हिमालयन जाभा रहेको छ। ६ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। टाईम्स, हाउण्ड्स, कीर्तिपुर, रोएल्स, गोल्डेनगेट र सामाखुशी क्लबले दाबेदारी प्रस्तुत गर्नेछन्। दोहोरो राउन्ड रोबिन ३२ […]
April 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालको टाइम्स बास्केटबल क्लबले साबा क्लब च्याम्पियनसिपमा कास्य पदक जितेको छ। टाइम्सले आफ्नो चौथो तथा अन्तिम खेलमा सोमवार भुटानको थिम्पु म्याजिकलाई ८७-५९ ले हराउँदै तेस्रो स्थान पक्का गरेको हो। भारतको मद्रासस्थित जवाहरलाल नेहरु इन्डोर स्टेडियममा टाइम्सले पहिलो क्वाटरबाट नै खेलमा पकड बनाएको थियो। चौथो क्वाटर बाहेक सबैमा अग्रता लिएको थियो। पहिलोमा ३०-१२, दोस्रोमा […]