6 years ago
June 14, 2019
काठमाडौं (हाम्रो खेलकुद)-नेपाली बास्केटबल इतिहासकै सबैभन्दा लामो र ठूलो प्रतियोगिता नेपाल बास्केटबल लिग (एनबीएल) को प्ले अफका खेलहर आइतबारदेखि आयोजना हुने भएको छ ।
आयोजक प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) ले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्ले अफका खेलहरु असार १ गतेबाट ३ गतेसम्म हुने जानकारी गराएको हो ।
विभिन्न ८ टोलीले सहभागिता जनाएको लिगमा विभागीय त्रिभुवन हार्मी क्लब, दि टाइम्स इन्टरनेसनल क्लब, गोल्डेनगेट इन्टरनेसनल क्लब र नेपाल पुलिस क्लबले शीर्ष चारस्थानमा रहँदै प्ले अफमा स्थान बनाउन सफल भएको थियो ।
बेस्ट अफ थ्री का आधारमा हुने लिगको शीर्ष दुई टोलीले ३ खेल खेल्नेछन् । प्लेअफमा आर्मी र टाइम्सले बेस्ट अफ थ्रीका आधारमा पहिलो क्वालिफायर खेल्नेछन् जसबाट विजयी टोली सिधै फाइनल प्रवेश गर्नेछ ।
तेस्रो गोल्डेनगेट र चौथो पुलिसले बेस्ट अफ थ्रि एलिमिनेटर खेल्नेछन् र विजयी टोलीले पहिलो क्वालिफायरको पराजित टोलीसँग फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्नेछ । दोस्रो क्वालिफायर पनि बेस्ट अफ थ्री कै आधारमा खेलाइनेछ । फाइनलमा एक खेल मात्र हुनेछ ।
प्लेअफ र फाइनलका सबै खेलहरु राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा खेलाइनेछ । प्रतियोगितामा पहिलो र दोस्रो हुने टोलीले क्रमशः दुई र एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताका मोस्ट भ्यालुएबल प्लेयर र हाइएस्ट स्कोररका लागि पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
पुरुषतर्फको लिग गत १४ बैशाखबाट तथा महिला लिग २० जेठबाट शुरु भएको थियो । पुरुष र महिलाको फाइनल ७ असारमा हुनेछ । महिलातर्फ भाटभेटेनी समृद्धि गोरिल्लाज र नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेका छन् । महिलातर्फ चार टोलीले होम एण्ड अवेका आधारमा प्रतिस्पर्धा गरेका थिए ।
May 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा हुने हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) खेलतालिका सार्वजनिक भएको छ । बैशाख २० गते देखि सुरु हुने लिगको बुधवार खेलतालिका सार्वजनिक भएको छ । तालिका अनुसार लिगको उद्घाटन खेलमा शनिवार कीर्तिपुर र सामाखुशी युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । पहिलो दिन शनिवारै हाउण्ड्स एकेडेमी र रोएल्सबीच पनि […]
April 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल बास्केटबल संघ (नेबा) ले हिमालयन जाबा बास्केटबल लिग गर्ने भएको छ। लिग वैशाख २० गते सुरु हुने बिहीवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। लिगको प्रमुख प्रायोजक हिमालयन जाभा रहेको छ। ६ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। टाईम्स, हाउण्ड्स, कीर्तिपुर, रोएल्स, गोल्डेनगेट र सामाखुशी क्लबले दाबेदारी प्रस्तुत गर्नेछन्। दोहोरो राउन्ड रोबिन ३२ […]
April 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालको टाइम्स बास्केटबल क्लबले साबा क्लब च्याम्पियनसिपमा कास्य पदक जितेको छ। टाइम्सले आफ्नो चौथो तथा अन्तिम खेलमा सोमवार भुटानको थिम्पु म्याजिकलाई ८७-५९ ले हराउँदै तेस्रो स्थान पक्का गरेको हो। भारतको मद्रासस्थित जवाहरलाल नेहरु इन्डोर स्टेडियममा टाइम्सले पहिलो क्वाटरबाट नै खेलमा पकड बनाएको थियो। चौथो क्वाटर बाहेक सबैमा अग्रता लिएको थियो। पहिलोमा ३०-१२, दोस्रोमा […]