default_image

6 years ago

June 3, 2019

समृद्धि गोरिल्लाजको लगातार तेस्रो जित

132 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- समृद्धि गोरिल्लाजले राजधानीमा जारी वुमेन्स नेपाल बास्केटबल लिगमा लगातार तेस्रो जित निकालेको छ । टाइम्स इन्टरनेनल कलेज चारखालमा सोमबार भएको खेलमा समृद्धि गोरिल्लाजले साइपाल एकेडेमीलाई ४०–२२ ले पराजित गर्दै लिगमा लगातार तेस्रो जित हात पारेको हो ।

समृद्धले यसअघि नेपाल पुलिस क्लब र आइएसओ काइटलाई पराजित गरेको थियो । पहिलो क्वाटरमा समृद्धिले ९–७ को झिनो अग्रता लिदा दोस्रो क्वाटरमा ४–९ ले पछि परेको थियो । त्यसपछि समृद्धिले तेस्रो क्वाटरमा १०–२ को तथा चौथो क्वाटरमा १७–४ को अग्रता लिदै सहज जित निकाल्यो । समृद्धिको जितमा एलिना गुरुङले १२ अंकको योगदान गरिन् ।

सोमबार भएको अर्काे खेलमा विभागीय नेपाल पुलिस क्लबले आइसओ काइटलाई ७६–६३ ले पराजित गर्दै लिगमा दोस्रो जित निकाल्न सफ ल भयो । पुलिस पहिलो खेलमा समृद्धिसँग नै पराजित भएयता पराजित भएको छैन ।

पुलिसले शुरुवाती तीन क्वाटरमा २०–११, २०–१४ र १९–१६ को अग्रता लिदै जिततर्फ अग्रसर बनेको थियो । चौथो क्वाटरमा पुलिस १७–२२ ले पछि परेपनि अघिल्ला क्वाटरमा लिएको अग्रता जितमा पर्याप्त बन्यो । पुलिसको जितमा अन्सु महर्जनले २१ अंकको योगदान दिइन् ।

लिगमा मंगलबार बिहान समृद्धि गोरिललाज र पुलिस तथा साँझ साइपाल एकेडेमी र आइएसओ काइटबीच प्रतिस्पर्धा हुनेछ । पुरुषतर्फ आर्मी र एएनके कीर्तिपुरबास्केटबल टिमबीच खेल हुनेछ ।

May 1, 2025

हिमालयन जाभा बास्केटबल लिग-  कीर्तिपुर र सामाखुशीबीच उद्धाटन खेल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा हुने हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) खेलतालिका सार्वजनिक भएको छ । बैशाख २० गते देखि सुरु हुने लिगको बुधवार खेलतालिका सार्वजनिक भएको छ । तालिका अनुसार लिगको उद्घाटन खेलमा शनिवार कीर्तिपुर र सामाखुशी युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । पहिलो दिन शनिवारै हाउण्ड्स एकेडेमी र रोएल्सबीच पनि […]

April 24, 2025

हिमालयन जाभा बास्केटबल लिग हुने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल बास्केटबल संघ (नेबा) ले हिमालयन जाबा बास्केटबल लिग गर्ने भएको छ। लिग वैशाख २० गते सुरु हुने बिहीवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। लिगको प्रमुख प्रायोजक हिमालयन जाभा रहेको छ। ६ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। टाईम्स, हाउण्ड्स, कीर्तिपुर, रोएल्स, गोल्डेनगेट र सामाखुशी क्लबले दाबेदारी प्रस्तुत गर्नेछन्। दोहोरो राउन्ड रोबिन ३२ […]

April 8, 2025

टाइम्सलाई साबा क्लब च्याम्पियनसिपमा कास्य पदक

काठमाडौं (हाम्रो खेलकुद)- नेपालको टाइम्स बास्केटबल क्लबले साबा क्लब च्याम्पियनसिपमा कास्य पदक जितेको छ। टाइम्सले आफ्नो चौथो तथा अन्तिम खेलमा सोमवार भुटानको थिम्पु म्याजिकलाई ८७-५९ ले हराउँदै तेस्रो स्थान पक्का गरेको हो। भारतको मद्रासस्थित जवाहरलाल नेहरु इन्डोर स्टेडियममा टाइम्सले पहिलो क्वाटरबाट नै खेलमा पकड बनाएको थियो। चौथो क्वाटर बाहेक सबैमा अग्रता लिएको थियो। पहिलोमा ३०-१२, दोस्रोमा […]

Success

Thank you for your time.