6 years ago
May 27, 2019
काठमाडौं (हाम्रो खेलकुद) – गोल्डेनगेट इन्टरनेसनल कलेजले राजधानीमा होम एन्ड अवे लिगको आधारमा जारी क्वीक्स नेपाल बास्केटबल लिगमा बिएमसी साउथ साइडर्समाथि सहज जित निकालेको छ ।
गोल्डेनगेटले घरेलु मैदानमा साउथ साइडर्समाथि १०४–६५ को सहज जित निकालेको हो । जितसँगै गोल्डेनगेटले प्ले अफ पुग्ने सम्भावना जीवितै राखेको छ । गोल्डेनगेटको १२ खेलबाट १८ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । समान १२ खेलबाटै २० अंक जोडेको विभागीय नेपाल पुलिस क्लब चौथो स्थानमा रहेको छ ।
गोल्डेनगेटले दुवै खेल एएनके कीर्तिपुर बास्केटबल टिमसँग खेल्नेछ । पुलिसले टाइम्स र दि रोयल बास्केटबलसँग खेल्न बाँकी छ । एक खेल बाँकी रहँदा तेस्रो स्थानमा रहेको बुढानिलकण्ठको २० अंक रहेको छ । टाइम्सले लगभग प्ले अफलाई स्थान सुरक्षित गर्दा बाँकी तीन स्थानका लागि आर्मी, बुढानिलकण्ठ, पुलिस र गोल्डेनगेटबीच प्रतिस्पर्धा रहेको छ ।
घरेलु मैदानमा गोल्डेनगेटले साउथ साइडर्सलाई कुनै पनि क्वाटरमा खुलेर खेल्न दिएन । सबै क्वाटरमा अग्रता बनाएको गोल्डेनगेटले पहिलो क्वाटरमा २७–८ को फराकिलो अग्रता लिएको थियो । दोस्रो क्वाटरमा २७–२१ ले अघि बढेको गोल्डेनगेटले तेस्रो र चौथो क्वाटरमा २६–१५ र २४–२१ को अग्रता लिदै सहज जित निकाल्न सफल भयो ।
गोल्डेनगेटको सहज जितमा विनोद श्रेष्ठले सर्वाधिक २१ अंकको योगदान दिए । उनी नै खेलको म्यान अफ दि म्या घोषित हुदै ३ हजार रुपैया पाए । प्रतियोगितामा मंगलबार पुलिस र टाइम्स तथा साउथ साइडर्स र आर्मीबीच खेल हुनेछ ।
May 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा हुने हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) खेलतालिका सार्वजनिक भएको छ । बैशाख २० गते देखि सुरु हुने लिगको बुधवार खेलतालिका सार्वजनिक भएको छ । तालिका अनुसार लिगको उद्घाटन खेलमा शनिवार कीर्तिपुर र सामाखुशी युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । पहिलो दिन शनिवारै हाउण्ड्स एकेडेमी र रोएल्सबीच पनि […]
April 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल बास्केटबल संघ (नेबा) ले हिमालयन जाबा बास्केटबल लिग गर्ने भएको छ। लिग वैशाख २० गते सुरु हुने बिहीवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। लिगको प्रमुख प्रायोजक हिमालयन जाभा रहेको छ। ६ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। टाईम्स, हाउण्ड्स, कीर्तिपुर, रोएल्स, गोल्डेनगेट र सामाखुशी क्लबले दाबेदारी प्रस्तुत गर्नेछन्। दोहोरो राउन्ड रोबिन ३२ […]
April 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालको टाइम्स बास्केटबल क्लबले साबा क्लब च्याम्पियनसिपमा कास्य पदक जितेको छ। टाइम्सले आफ्नो चौथो तथा अन्तिम खेलमा सोमवार भुटानको थिम्पु म्याजिकलाई ८७-५९ ले हराउँदै तेस्रो स्थान पक्का गरेको हो। भारतको मद्रासस्थित जवाहरलाल नेहरु इन्डोर स्टेडियममा टाइम्सले पहिलो क्वाटरबाट नै खेलमा पकड बनाएको थियो। चौथो क्वाटर बाहेक सबैमा अग्रता लिएको थियो। पहिलोमा ३०-१२, दोस्रोमा […]