6 years ago
May 5, 2019
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशका तीन राष्ट्रिय खेलाडीले क्विक्स नेपाल बास्केटबल लिगमा (एनबीएल) नेपाल पुलिस क्लबबाट खेल्ने भएका छन् ।
विगत एक सातादेखि जारि एनबीएलका लागि शावन चौधरी, मोहमद खालेद आकाश र शाहिनुर रहमान सजिब नेपाल आइपुगेका हुन् । तीनै खेलाडीले विभागीय टोली नेपाल पुलिस क्लबको प्रतिनिधित्व गर्नेछन् । बंगलादेशी खेलाडीले सोमबार गोल्डेन गेट कलेजविरुद्ध खेल्ने अपेक्षा गरिएको छ ।
पुलिसले लिग अन्तर्गतको तीन खेलमा १ जित र २ हार बेहोरेको छ । विदेशी खेलाडीको आगमनसँगै टोलीले राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।
April 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालको टाइम्स बास्केटबल क्लबले साबा क्लब च्याम्पियनसिपमा कास्य पदक जितेको छ। टाइम्सले आफ्नो चौथो तथा अन्तिम खेलमा सोमवार भुटानको थिम्पु म्याजिकलाई ८७-५९ ले हराउँदै तेस्रो स्थान पक्का गरेको हो। भारतको मद्रासस्थित जवाहरलाल नेहरु इन्डोर स्टेडियममा टाइम्सले पहिलो क्वाटरबाट नै खेलमा पकड बनाएको थियो। चौथो क्वाटर बाहेक सबैमा अग्रता लिएको थियो। पहिलोमा ३०-१२, दोस्रोमा […]
April 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालको टाइम्स बास्केटबल क्लबले साबा क्लब च्याम्पियनसिपमा पहिलो जित हात पारेको छ। टाइम्सले शुक्रवार माल्दिभ्सको ट्रेक्स बिसीलाई ६७–५९ ले पराजित गर्दै पहिलो जित निकालेको हो। भारतको मद्रासस्थित जवाहरलाल नेहरु इन्डोर स्टेडियममा भएको खेलको पहिलो क्वाटरमा टाइम्स १८ अंकमा रोकियो। ट्रेक्सले २० अंक बनायो। तर दोस्रो क्वाटरमा टाइम्सले उत्कृष्ट प्रदर्शन गर्दै २२–११ को […]
March 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय बास्केटबल च्याम्पियनसिपको विजेता टाइम्स बास्केटबल क्लबले साबा क्लब च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएको छ। भारतको मद्रास स्थित जबहारलाल नेहरु इन्डोर स्टेडियम २१ देखि २५ गते सन्चालन हुनेछ । दक्षिण एसियाली राष्ट्रका नेपालसहित आयोजक , पाकिस्तान, श्रीलंका, माल्दिभ्स, पाकिस्तान र भुटानका लिग च्याम्पियन टोलीको सहभागिता रहनेछ। साबा क्लब च्याम्पियनसिप पहिलो पटक आयोजना हुन […]