6 years ago
April 1, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालकै सर्वाधिक ठूलो बास्केटबल प्रतियोगिता नेपाल बास्केटबल लिगको दोस्रो संस्करण वैशाख ७ २०७६ देखि सुरु हुने भएको छ ।
पिडिसिएन (प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल) को आयोजनमा हुने प्रतियोगिता ५५ दिनसम्म चल्नेछ । ८ टिमको सहभागिता रहने प्रतियोगितामा सहभागि टोलीहरुले एक अर्कासँग डबल राउण्ड रोबिन लिगका आधामा होम एण्ड अवे गरि दुई–दुई खेल खेल्नेछन् । प्रतियोगिता अवधिभर कुल ६८ खेल हुनेछन् ।
दुई चरणको लिगपछि पहिलो चार स्थान प्राप्त गर्ने टोली प्ले अफका लागि छानिनेछन् । प्लेअफमा पहिलो र दोश्रो स्थान हासिल गर्ने टोलीले बेस्ट अफ थ्रिका आधारमा पहिलो क्वालिफायर खेल्नेछन् जसबाट विजयी टोली सिधै फाइनल प्रवेश गर्नेछ ।
तेश्रो र चौथो स्थानको टोलीले बेस्ट अफ थ्रि एलिमिनेटर खेल्नेछन् र विजयी टोलीले पहिलो क्वालिफायरको पराजित टोलीसंग फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्नेछ । दोस्रो क्वालिफायर पनि बेस्ट अफ थ्रि कै आधारमा खेलाइनेछ । फाइनलमा एक खेल मात्र हुनेछ ।
प्ले अफ र फाइनलका सबै खेलहरु राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा खेलाइनेछ । प्रतियोगिताको डिफेन्डिङ्ग च्याम्पियन गोल्डेन गेट इन्टरनेशनल कलेज रहेको छ । प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँ र उपविजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताका मोस्ट भ्यालुएबल प्लेयर र हाइएस्ट स्कोररका लागि पनि उचित पुरस्कारको ब्यवस्था गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताका साझेदारका रुपमा सानिमा जनरल इन्स्योरेन्स, कंगारु ऐजुकेशन फाउण्डेशन र केटिएम सिटी रहेका छन् । सानिमा जनरल इन्स्योरेन्सले प्रतियोगिताका सम्पूर्ण खेलाडी, प्रशिक्षक, रेफ्रि र स्वयं सेवक गरि कुल १ सय ६८ जनाको प्रतिब्यक्ति ५ लाख गरि १० करोड रुपैयाको बिमा गराएको, पिडिसिएनका अध्यक्ष अरुण कार्कीले जानकारी दिएका छन् ।
शैक्षिक साझेदार रहेको कंगारुले प्रथम पुरस्कारको प्रायोजन गर्नुका साथै खेलहरु तथ्यांक राख्ने कार्यमा आयोजकलाई सघाउनेछ । यस्तै क्लोदिङ्ग पार्टनर केटिएम सिटीले प्रतियोगिता भरिकै ६८ म्यान अफ द म्याचलाई रु ३ हजार बराबरको गिफ्ट भाउचर प्रदान गर्नेछ । प्रतियागिताको लागि नेपाल बास्केटब संघले प्राविधिक सहयोग प्रदान गरेको छ ।
यस्तै यसपटक महिलाहरुको पनि लिग आयोजनका गरिने पनि आयोजकले स्पष्ट पारेको छ । ‘हामीले पुरुषको खेलको तुलनामै महिलाको खेलले पनि उत्तिकै चर्चा पाउने गरि महिलाहरुको लिगको मिति घोषणा गर्नेछौं । सायद पुरुषहरुको प्ले अफका दौरान महिला लिग गराउदा उपयुक्त हुनेछ, ‘ कार्कीले पत्रकार सम्मेलनमा भने ।
नेपाली राष्ट्रिय बास्केटबल टिमका कप्तान सदिश प्रधानले यसपटक लिग अझै रोमाञ्चक बन्ने आशा राखे । ‘पछिल्लो पटक हामिले यो लिग खेल्दा देशकै उत्कृष्ट बास्केटबल प्रतियोगिताको रुपमा लिएका थियौं । आशा छ यो बर्ष लिग अझै रोमाञ्चक र उत्कृष्ट बन्नेछ’, प्रधानले भने ।
यस्तै प्लेअफका दौरान सेलिब्रेटिहरुबीच एउटा खेल पनि खेलाइनेछ भने मिड सिजनमा अल स्टार गेम पनि गराइनेछ । अल स्टार गेम प्रतियोगिता भर उत्कृष्ट प्रदर्शन गर्दै आएका खेलाडीहरुको दुई टोली बनाई खेलाइनेछ ।
सहभागि टोलीहरु :
गोल्डेन गेट इन्टरनेशनल क्लब
त्रिभुवन आर्मी क्लब
नेपाल पुलिस क्लब
बुढानीलकण्ठ म्युनिसिप्यालिटी बास्केटबल क्लब
रोयल बास्केटबल क्लब
किर्तिपुर बास्केटबल क्लब
टाइम्स इन्टरनेशनल क्लब
साउथ साइडर्स बास्केटबल क्लब
के हो पिडिसिएन ?
विपन्न बालबालिका का लागि खेलकुद नेपाल सरकार र समाज कल्याण परिषद अन्तर्गत रहेर काम गर्दै आइरहेको एउटा गैरसरकारी संस्था हो । यस संस्थाले खेलकुद मार्फत नेपालका बिभिन्न, बिशेषगरि बिकट स्थानहरुमा गुणस्तरीय शिक्षा र स्वास्थ्य उपलब्ध गराउने लक्ष्य अनुरुप काम गर्दै आइरहेको छ ।
यसअघि पिडिसिएनले ओखलढुंगाको माम्खा उच्च माध्यमिक बिद्यालयका बच्चाहरुको लागि फुटबलका क्रियाकलापहरु गरेको थियो । उक्त बिद्यालयमा नै पिडिएसएनले खेलकुद सामाग्रिहरु बितरण गरेको थियो भने पुस्तकालय ब्यवस्थापन र कम्प्युटर ल्याबको पनि निर्माण गरेको थियो ।
राजधानीमा पिडिएसएनले युथ बस्केटबल ट्रेनिङ्ग तथा सेन्ट जेभियर्समा पिडिएसन बप बास्केटबल प्रतियोगिता आयोजना गरिसकेको छ ।
February 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- टाइम्स ‘ए’ ले अन्तर्राष्ट्रिय थ्रीबाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको उपाधि जितेको छ। बुधबार राति भएको फाइनलमा राइभल पाकिस्तानलाई २१–१७ ले हराउँदै टाइम्स ‘ए’ लगातार दोस्रो पटक च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको खेलमा टाइम्सलाई जित दिलाउन सदीश प्रधानको प्रदर्शन उत्कृष्ट रहयो। यसअघि बुधबार नै भएको पहिलो सेमिफाइनलमा […]
December 7, 2024
काठमाडौं (हाम्रो खेलकुद)- ह्विलचेयर स्पोर्ट्स एसोसिएसन (डब्ल्युएसए) महिला ह्विलचेयर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ। ३३औं अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघ र राष्ट्रिय अपांग महासंघ नेपालको आयोजनामा शनिवार मध्य बानेश्वरस्थित ग्लोबल कलेजकाे कोर्टमा भएको फाइनलमा डब्ल्युएसएले जावलाखेल ह्विलचेयर स्पोट्र्स क्लबलाई २०-१२ को स्कोरे हराउँदै पहिलो भएको हो। विजेता डब्ल्युएसएकी ज्योती अर्याल […]
June 10, 2024
सिड्नी (हाम्रो खेलकुद) – छन्त्याल परिवार अस्ट्रेलिया (सिपिए) र ढोरपाटन क्लब अस्ट्रेलियाले मोना एकदिने पुरुष तथा महिला भलिबलको उपाधि जितेका छन् । छन्त्याल पुरुषमा तथा ढोरपाटन महिलामा च्याम्पियन बनेका हुन् । छन्त्याल परिवारले आयोजक म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो । ओबर्न बास्केटबल सेन्टर लिडकममा […]