default_image

6 years ago

March 24, 2019

टाइम्सलाई ह्वाइटहाउस इन्टर कलेज बास्केटबलको उपाधि

119 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– टाइम्स इन्टरनेशनल कलेजले प्रथम ह्वाइट हाउस इन्टर कलेज यु–१८ बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ ।

आइतबार भएको फाइनल खेलमा टाइम्सले जेभियर स्कुलमाथि ६८–३८ को फराकिलो जित निकाल्दै उपाधि जित्न सफल भएको हो । फाइनल खेलको कुनै पनि पनि क्वाटरमा जेभियरले अग्रता लिन सकेन ।

एकपक्षीय बनेको फाइनल खेलको पहिलो क्वाटरमा टाइम्स १९–९ ले अघि बढ्यो । दोस्रो क्वाटरमा टाइम्सले १६–१४ को अग्रता बनायो । तेस्रो क्वाटरमा २६–११ ले अघि बढेको टाइम्सले चौथो क्वाटरमा ७–४ को अग्रता लिदै उपाधि जित्न सफल भयो । टाइम्सको फराकिलो जितमा जसमान तामाङले सर्वाधिक २० अंकको योगदान दिए ।

टाइम्सका जसमान तामाङ प्रतियोगिताको मोस्ट भ्यलुएवल खेलाडी घोषित भए । जेभियरका सुनिल थापा सर्वाधिक स्कोरर भए । कुल ८ टिमको सहभागिता रहेको लिग कम नकआउट प्रतियोगितामा राजधानीका ८ कलेजहरुले सहभागिता जनाएको थियो । प्रतियोगिताका सबै खेलहरु ह्वाइट हाउस वल्र्ड स्कुल कोटेश्वरको बास्केटबल कोर्टमा हुनेछन् ।

February 13, 2025

टाइम्स ‘ए’ थ्री बाई थ्री बास्केटबल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- टाइम्स ‘ए’ ले अन्तर्राष्ट्रिय थ्रीबाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको उपाधि जितेको छ। बुधबार राति भएको फाइनलमा राइभल पाकिस्तानलाई २१–१७ ले हराउँदै टाइम्स ‘ए’ लगातार दोस्रो पटक च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको खेलमा टाइम्सलाई जित दिलाउन सदीश प्रधानको प्रदर्शन उत्कृष्ट रहयो। यसअघि बुधबार नै भएको पहिलो सेमिफाइनलमा […]

December 7, 2024

महिला ह्विलचेयर बास्केटबलमा डब्ल्युएसए विजयी

काठमाडौं (हाम्रो खेलकुद)- ह्विलचेयर स्पोर्ट्स एसोसिएसन (डब्ल्युएसए) महिला ह्विलचेयर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ। ३३औं अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघ र राष्ट्रिय अपांग महासंघ नेपालको आयोजनामा शनिवार मध्य बानेश्वरस्थित ग्लोबल कलेजकाे कोर्टमा भएको फाइनलमा डब्ल्युएसएले जावलाखेल ह्विलचेयर स्पोट्र्स क्लबलाई २०-१२ को स्कोरे हराउँदै पहिलो भएको हो। विजेता डब्ल्युएसएकी ज्योती अर्याल […]

June 10, 2024

छन्त्याल र ढोरपाटनलाई भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – छन्त्याल परिवार अस्ट्रेलिया (सिपिए) र ढोरपाटन क्लब अस्ट्रेलियाले मोना एकदिने पुरुष तथा महिला भलिबलको उपाधि जितेका छन् । छन्त्याल पुरुषमा तथा ढोरपाटन महिलामा च्याम्पियन बनेका हुन् । छन्त्याल परिवारले आयोजक म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो । ओबर्न बास्केटबल सेन्टर लिडकममा […]

Success

Thank you for your time.