6 years ago
November 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – ट्रिनिटी कलेज र न्यु समिट कलेज राजधानीमा जारी तेस्रो संस्करणको उपत्यकाव्यापी रोजवड बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
रोजवड स्कुलको खेल मैदानमा बुधबार भएको ब्वाइजतर्फको समूह चरणको खेलमा न्यु समिटले ज्ञान निकेतन कलेजमाथि ६०–४७ को जित निकाल्यो । न्यु समिटको जितमा विशाल मानन्धरले १६ अंकको योगदान दिए । ट्रिनिटीले क्याम्पियन एकेडेमीमाथि ७४–३२ को जित निकाल्यो ।
यस्तै प्रवेश तामाङको १० अंकको मद्दतमा सिसिआरसीले सेन्ट जेभियर स्कुललाई ५२–३९ ले पराजित गर्यो । गल्र्सतर्फ मोर्गान कलेजले ट्रिनिटीमाथि ४४–२३ को फराकिलो जित निकाल्यो । विजेताले ट्रफीसहित आकर्षक पुरस्कार प्राप्त गर्नेछ ।
February 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- टाइम्स ‘ए’ ले अन्तर्राष्ट्रिय थ्रीबाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको उपाधि जितेको छ। बुधबार राति भएको फाइनलमा राइभल पाकिस्तानलाई २१–१७ ले हराउँदै टाइम्स ‘ए’ लगातार दोस्रो पटक च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको खेलमा टाइम्सलाई जित दिलाउन सदीश प्रधानको प्रदर्शन उत्कृष्ट रहयो। यसअघि बुधबार नै भएको पहिलो सेमिफाइनलमा […]
December 7, 2024
काठमाडौं (हाम्रो खेलकुद)- ह्विलचेयर स्पोर्ट्स एसोसिएसन (डब्ल्युएसए) महिला ह्विलचेयर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ। ३३औं अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघ र राष्ट्रिय अपांग महासंघ नेपालको आयोजनामा शनिवार मध्य बानेश्वरस्थित ग्लोबल कलेजकाे कोर्टमा भएको फाइनलमा डब्ल्युएसएले जावलाखेल ह्विलचेयर स्पोट्र्स क्लबलाई २०-१२ को स्कोरे हराउँदै पहिलो भएको हो। विजेता डब्ल्युएसएकी ज्योती अर्याल […]
June 10, 2024
सिड्नी (हाम्रो खेलकुद) – छन्त्याल परिवार अस्ट्रेलिया (सिपिए) र ढोरपाटन क्लब अस्ट्रेलियाले मोना एकदिने पुरुष तथा महिला भलिबलको उपाधि जितेका छन् । छन्त्याल पुरुषमा तथा ढोरपाटन महिलामा च्याम्पियन बनेका हुन् । छन्त्याल परिवारले आयोजक म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो । ओबर्न बास्केटबल सेन्टर लिडकममा […]