default_image

6 years ago

November 25, 2018

सीसीआरसी र ज्ञान निकेतन विजयी

102 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सीसीआरसी कलेज र ज्ञान निकेतन कलेले राजधानीमा जारी तेस्रो संस्करणको उपत्यकाव्यापी रोजवड बास्केटबल प्रतियोगिताको पुरुषतर्फ विजयी भएका छन् ।

रोजवड स्कुलको खेल मैदानमा आइतबार भएको खेलमा सीसीआरसीले न्यु समिट कलेजलाई ५८–५२ ले पराजित गरेको हो । सीसीआरसीको जितमा साहिल विष्टले १६ अंकको योगदान दिए । यस्तै ज्ञान निकेतन कलेजले सेन्ट जेभियर स्कुलमाथि ४५–३८ को जित निकाल्यो । ज्ञान निकेतनको जितमा मनिष तामाङले ७ अंकको योगदान दिए ।

आइतबारै भएको ब्वाइजतर्फको अर्काे खेलमा अमित मल्लको ७ अंकको योगदानमा मोर्गान कलेजले एस स्कुलमाथि ५१–३० को फराकिलो जित निकाल्यो । गल्सतर्फ मोर्गानले एस स्कुललाई नै ४५–३८ ले पराजित ग¥यो । मोर्गानको जितमा प्रजिता कार्कीले १४ अंकको योगदान दिइन् ।

प्रतियोगितामा पुरुषतर्फ १६ स्कुल र महिलातर्फ ५ स्कुलले सहभागिता रहेको छ । पुरुषतर्फ सहभागी १६ स्कुललाई ४ समूहमा विभाजन गरिएको छ । लिग कम नकआउटको आधारमा हुने प्रतिस्पर्धामा हरेक समूहका शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउनेछ । महिला तर्फ खेल राउन्ड रोविन लिगको आधारमा हुनेछ । प्रतियोगिता १७ मंसिरसम्म सञ्चालन हुनेछ ।  विजेताले ट्रफीसहित आकर्षक पुरस्कार पाउनेछ । प्रतियोगिता सञ्चालन गर्न करिव २ लाख ५० हजार खर्च लाग्ने आयोजकले अनुमान गरेको छ ।

May 13, 2025

टाइम्सलाई झापा थ्री एक्स थ्री बास्केटबलको उपाधि

हिमाल खरेल, बिर्तामोड झापामा पहिलोपल्ट आयोजना गरिएको राष्ट्रियस्तरको दुई दिने झापा थ्री एक्स थ्री बास्केटबल प्रतियोगिताको उपाधि काठमाडौंको टाइम्स क्लबले जितेको छ । हिजो राति अबेर भएको फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि कठिन जित निकाल्दै टाइम्स च्याम्पियन बनेको हो । निर्धारित १० मिनेटको खेलमा टाइम्सले १९–१८ स्कोरको जित निकाल्दै उपाधि जितेको हो । […]

May 4, 2025

टाइम्सको रोमाञ्चक जित

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) अन्तर्गत आजको खेलमा टाइम्स बास्केटबल क्लब विजयी भएको छ। टाइम्सले गोल्डेनगेट बास्केटबल क्लबलाई रोमाञ्चक प्रतिस्पर्धामा ७६-७१ को स्कोरमा पराजित गर्दै विजयी सुरुवात गर्यो । कीर्तिपुरको कभर्डहलमा भएको खेलको पहिलो क्वाटरमा टाइम्सले २१-११ को अग्रता बनायो। तर दोस्रो क्वाटरमा टाइम्सलाई १३ स्कोरमा रोक्दै गोल्डेन गेटले २४ स्कोर गर्यो। […]

May 3, 2025

कीर्तिपुर र हाउण्ड्सको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिपुर र हाउण्ड्स‌ एकेडेमीले हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा विजयी सुरुवात गरेका छन्। कीर्तिपुर कभर्डहलमा शनिवार भएको खेलमा घरेलु टोली कीर्तिपुरले सामाखुशी युथ क्लबलाई ८४-५९‌ को सहजै हरायो। कीर्तिपुर विरूद्ध सामाखुशीले १२-१० को अग्रता बनाएको थियो। तर दोस्रो क्वाटरमा कीर्तिपुरले कमब्याक गर्यो। २४-१२ को स्कोर जोड्यो। तेस्रो क्वाटरमा सामाखुशीले २९-२५ ले […]

Success

Thank you for your time.