default_image

10 years ago

August 30, 2015

प्याब्सन मध्य क्षेत्रीय अन्तरविद्यालय बास्केटबल- हेम्स फाइनलमा

147 views

0 Bookmark

हेम्स छैटौं प्याब्सन मध्य क्षेत्रीय अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ शनिबार फाइनलमा प्रवेश गरेको छ ।

प्याब्सन मध्य क्षेत्रीय अन्तरविद्यालय बास्केटबल- हेम्स फाइनलमा
प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंद्वारा आयोजित प्रतियोगिताको पहिलो सेमिफाइनलमा हेम्सले एसियन पब्लिक स्कुललाई १०–८ ले पराजित गर्‍यो । हेम्सको जितमा सम्झना पोखरेलले ६ अंक योगदान गरिन् । हेम्सले उपाधिका लागि डेनेब र मार्वलसबीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ । डेनेबले सूर्योदयलाई १६–४ तथा मार्वलसले मार्टियर्स मेमोरियललाई १४–८ ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरेका थिए । डेनेबकी सब्नम श्रेष्ठले ८ तथा मार्वलसकी दिविका मगरले १२ स्कोर गरे। ब्वाइजतर्फ सेमिफाइनल समीकरण तयार भएको छ । डेनेबले काठमाडौं इङलिस स्कुल तथा मार्वलसले हेम्स विरुद्ध खेल्ने छन् ।

March 18, 2025

ह्विलचियर बास्केटबलमा जावलाखेल र आर्मी च्याम्पियन 

काठमाडौं(हाम्रो खेलकुद)- जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जेडब्युएससी) महिलातर्फ र त्रिभुवन आर्मी क्लबले पुरुषतर्फ अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ।  नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइएसए) को आयोजना र युवा तथा खेलकुद मन्त्रालय, बागमती प्रदेशको सहयोगमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आज सकिएको प्रतियोगिताका विजेता दुवै टोलीले ५० हजार रुपैयाँ प्राप्त […]

March 17, 2025

ह्विलचियर बास्केटबल – सेमिफाइनल समीकरण पूरा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा जारी उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमवार सुरु भएको प्रतियोगितामा पहिलो दिन समूह चरणका सबै खेल सकिएका छन् । महिला र पुरुष दुवैतर्फबाट अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो। पुरुषतर्फ […]

March 15, 2025

क्लबस्तरीय ह्विलचियर बास्केटबल हुँदै

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्ज्युरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा सोमवार सुरु हुने भएको छ। प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा चैत ४ र ५ गते प्रतियोगिता हुने संघले गोकर्णेश्वर नगरपालिका ६, नारायणटारमा शनिवार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ। प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ […]

Success

Thank you for your time.