9 years ago
March 9, 2016
काठमाडौ, फागुन २६ मदन भण्डारी मेमोरियल कलेज अन्तर सिआईएसटी थ्री वाई थ्री बास्केटबल च्याम्पियनसिपमा वियय भएको छ ।
एसिएचएस (एशियन कलेज अफ हाईयर स्टडिज, पुतलीसडक) को आयोजनामा भएको प्रतियोगितमा मदन भण्डारी मेमोरियल कलेजले प्राईम कलेजलाई १६–१५ को झिनो अन्तरको जित निकाल्दै च्याम्पियन बन्न सफल भएको हो ।
बुधबार लगनखेलस्थित सेनाको फिजिकल एन्ड फिटनेश सेन्टरमा भएको प्रतियोगिताको सेमिफानलमा मदन भण्डारीले हिमालयन कलेज अफ इन्जिनियरिङ्ग बी लाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । अर्को खेलमा प्राईमले हिमालयन कलेज अफ ईन्जिनियरिङ्ग ए लाई पराजित गर्दै मदनको सामना गर्न पुगेको थियो ।
एक दिने प्रतियोगितमा १६ कलेजको सहभागित रहेको प्रतियोतिगा संयोजक एवं बास्केटबलका प्रमुख प्रशिक्षक दिनेश नकर्मीले जानकारी गराए ।
December 7, 2024
काठमाडौं (हाम्रो खेलकुद)- ह्विलचेयर स्पोर्ट्स एसोसिएसन (डब्ल्युएसए) महिला ह्विलचेयर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ। ३३औं अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघ र राष्ट्रिय अपांग महासंघ नेपालको आयोजनामा शनिवार मध्य बानेश्वरस्थित ग्लोबल कलेजकाे कोर्टमा भएको फाइनलमा डब्ल्युएसएले जावलाखेल ह्विलचेयर स्पोट्र्स क्लबलाई २०-१२ को स्कोरे हराउँदै पहिलो भएको हो। विजेता डब्ल्युएसएकी ज्योती अर्याल […]
June 10, 2024
सिड्नी (हाम्रो खेलकुद) – छन्त्याल परिवार अस्ट्रेलिया (सिपिए) र ढोरपाटन क्लब अस्ट्रेलियाले मोना एकदिने पुरुष तथा महिला भलिबलको उपाधि जितेका छन् । छन्त्याल पुरुषमा तथा ढोरपाटन महिलामा च्याम्पियन बनेका हुन् । छन्त्याल परिवारले आयोजक म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो । ओबर्न बास्केटबल सेन्टर लिडकममा […]
May 9, 2024
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल बास्केटबल संघले बोर्डर सिङफु भिलेज स्पोर्ट्स कार्निभलअन्तर्गत पुरुष थ्री बाइ थ्री बास्केटबलको उपाधि विजेता नेपाली पुरुष टोलीलाई बिहीबार नगदसहित सम्मान गरेको छ । चीनको युनानमा बैशाख १२ देखि १८ गतेसम्म भएको प्रतियोगितामा सहभागी ४ खेलाडी र १ प्रशिक्षकसहित ५ जना सम्मानित भएका हुन् । सम्मानित हने खेलाडीमा विजय बुर्जा (कप्तान), निकेश […]