6 years ago
August 24, 2018
दिपक न्यौपाने
जाकार्ता – इन्डोनेसियामा जारी एसियन गेम्स अन्र्तगतको पुरुष थ्री वाईं थ्री बास्केटलमा नेपालले शुक्रबार मिश्रित नतिजा निकालेको छ । जिविके बास्केटबल हलमा शुक्रबार भएको पहिलो खेलमा सिरियासँग २१–१९ को झिनो अन्तरमा पराजित भएपनि समुह चरणका अन्तिम खेलमा जोर्डनमाथि २१–१० को शानदार जित निकालेको थियो ।
समूह ‘सी’ मा माल्दिभ्सले वाकओभर दिएपछि नेपालले एक खेल खेल्नु परेको थिएन । यसअघिका तीनै खेलमा नेपालले पराजय बेहोरेको थियो । नेपाल समूह ‘सी’ मा पाचौ स्थानमा रह्यो । यससँगै पुरुष बास्केटबलमा पनि नेपालको चुनौती सकिएको छ ।
June 10, 2024
सिड्नी (हाम्रो खेलकुद) – छन्त्याल परिवार अस्ट्रेलिया (सिपिए) र ढोरपाटन क्लब अस्ट्रेलियाले मोना एकदिने पुरुष तथा महिला भलिबलको उपाधि जितेका छन् । छन्त्याल पुरुषमा तथा ढोरपाटन महिलामा च्याम्पियन बनेका हुन् । छन्त्याल परिवारले आयोजक म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो । ओबर्न बास्केटबल सेन्टर लिडकममा […]
May 9, 2024
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल बास्केटबल संघले बोर्डर सिङफु भिलेज स्पोर्ट्स कार्निभलअन्तर्गत पुरुष थ्री बाइ थ्री बास्केटबलको उपाधि विजेता नेपाली पुरुष टोलीलाई बिहीबार नगदसहित सम्मान गरेको छ । चीनको युनानमा बैशाख १२ देखि १८ गतेसम्म भएको प्रतियोगितामा सहभागी ४ खेलाडी र १ प्रशिक्षकसहित ५ जना सम्मानित भएका हुन् । सम्मानित हने खेलाडीमा विजय बुर्जा (कप्तान), निकेश […]
May 5, 2024
काभ्रे (हाम्रो खेलकुद) – काभ्रे बास्केटबल संघको आयोजनामा अर्को महिना प्रथम अल नेपाल काभ्रे थ्री बाइ थ्री बास्केटबल हुने भएको छ । प्रतियोगितामा महिला र पुरुषतर्फको प्रतिस्पर्धा हुने काभ्रे बास्केटबल संघले जनाएको छ । काठमाडौं विश्वविद्यालयको बास्केटबल कोर्टमा जेठ २६ गते हुने प्रतियोगिताको दुवैतर्फको विजेताले २५ हजार र दोस्रो टोलीले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् […]