9 years ago
February 14, 2016
काठमाडौँ, फागुन २ ओडिसी र पुस्पसदन स्कुलले पाचौ इनोभेटिभ अन्तरस्कुल बास्केटबल अन्तर्गत सिनियर ब्वाइजमा आइतबार जित निकालेका छन् ।
विशाल गुरुङले महत्वपूर्ण ८ स्कोर गरेपछि ओडिसिले रेडियन्ट स्कुललाई ३५–३४ को झिनो अन्तरले पराजित गरेको हो । सिनियर ब्वाइजमै पुस्पसदनले ज्ञान निकेतनलाई ५३–३१ ले पाखा लगायो । पुस्पसदनको जितमा अभिशेख सिहंले २० अंक जोडे । आयोजक इनोभेटिभकै कोर्टमा भएको ब्वाइजमै भ्याली पुब्लिकले इनोभेटिभको बि टिमलाई ३४–१८ ले पाखा लगायो । भ्यालीको जितमा सबिन गुरुङले ११ अंक जोडे ।
लिग कम नकआउट आधारमा जारी प्रतियोगिताको तेस्रो दिन सिनियर गल्र्समा आयोजक इनोभेटिभ स्कुलले सपना बाटिका स्कुललाई २३–१५ ले पराजित गर्यो । इनोभेटिभको जितमा ममता गुरुङले १० अंक जोडिन । इनोभेटिभ इङलिस स्कुलको आयोजनामा फागुन ६ गतेसम्म चल्ने प्रतियोगितामा सिनियर ब्वाइजमा र सिनियर गर्ल्सतर्फ गरि २० टोलीको सहभागिता रहेको छ । सियिनर ब्वाइजमा १२ र गल्र्स ८ टिमले प्रतिस्प्रधा गर्नेछन । ब्वाइजमा इनोभेटिभ र गल्र्समा भ्याली पब्लिक डिफेन्डिङ च्याम्पियन हुन् ।
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद)- जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जेडब्युएससी) महिलातर्फ र त्रिभुवन आर्मी क्लबले पुरुषतर्फ अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ। नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइएसए) को आयोजना र युवा तथा खेलकुद मन्त्रालय, बागमती प्रदेशको सहयोगमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आज सकिएको प्रतियोगिताका विजेता दुवै टोलीले ५० हजार रुपैयाँ प्राप्त […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा जारी उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमवार सुरु भएको प्रतियोगितामा पहिलो दिन समूह चरणका सबै खेल सकिएका छन् । महिला र पुरुष दुवैतर्फबाट अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो। पुरुषतर्फ […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्ज्युरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा सोमवार सुरु हुने भएको छ। प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा चैत ४ र ५ गते प्रतियोगिता हुने संघले गोकर्णेश्वर नगरपालिका ६, नारायणटारमा शनिवार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ। प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ […]