default_image

10 years ago

August 26, 2015

तेश्रो जेभियर इन्टरनेश्नल कप यु–१९ बास्केटबल जारी

128 views

0 Bookmark

ट्रिनिटि कलेजले तेश्रो जेभियर इन्टरनेश्नल कप यु–१९ महिला तथा पुरुष बास्केटबल प्रतियोगिताको पुरुषतर्फ लगातर दोश्रो जित निकालेको छ ।

रुपिजका खेलाडी ओपल बिरुद्ध बल अगाडि बढाउदै ।

रुपिजका खेलाडी ओपल बिरुद्ध बल अगाडि बढाउदै ।

 

बुधवार भएको खेलमा सन्देश उप्रेतीको उत्कृष्ट प्रदर्शनमा ट्रिनिटिले ह्वाईटहाउस कलेजमाथी ६८–५६ को सहज जित निकाल्यो । उप्रेतीले सर्वाधिक १८ स्कोर गरेका थिए । पुरुषतर्फकै अन्य खेलमा सीसीआरसी,टाईम्स र रुपिज कलेजले जित हात पारेका छन् । सीसीआरसीले नोवल कलेजलाई ४९–१५ को फराकिलो अन्तरले हराउदा अनिष मगरले सर्वाधिक १६ स्कोर गरेका थिए । त्यस्तै टाईम्सले आइडियललाई ५३–३२ स्कोरले हराउदा  रुपिज कलेजले ओपललाई ५३–३९ ले स्तब्ध पाऱ्यो । टाइम्सको जितमा सुजन गुरुङ तथा रुपिजको जितमा सौगातले समान १४ स्कोर गरेका थिए ।

March 18, 2025

ह्विलचियर बास्केटबलमा जावलाखेल र आर्मी च्याम्पियन 

काठमाडौं(हाम्रो खेलकुद)- जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जेडब्युएससी) महिलातर्फ र त्रिभुवन आर्मी क्लबले पुरुषतर्फ अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ।  नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइएसए) को आयोजना र युवा तथा खेलकुद मन्त्रालय, बागमती प्रदेशको सहयोगमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आज सकिएको प्रतियोगिताका विजेता दुवै टोलीले ५० हजार रुपैयाँ प्राप्त […]

March 17, 2025

ह्विलचियर बास्केटबल – सेमिफाइनल समीकरण पूरा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा जारी उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमवार सुरु भएको प्रतियोगितामा पहिलो दिन समूह चरणका सबै खेल सकिएका छन् । महिला र पुरुष दुवैतर्फबाट अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो। पुरुषतर्फ […]

March 15, 2025

क्लबस्तरीय ह्विलचियर बास्केटबल हुँदै

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्ज्युरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा सोमवार सुरु हुने भएको छ। प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा चैत ४ र ५ गते प्रतियोगिता हुने संघले गोकर्णेश्वर नगरपालिका ६, नारायणटारमा शनिवार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ। प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ […]

Success

Thank you for your time.