default_image

7 years ago

March 30, 2018

क्वीक्स बास्केटबल लिगको फाइनल भोलि, आर्मी र गोल्डेनगेट भिड्दै

91 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – गत फागुन ५ गतेबाट सुरु भएको ‘होम एण्ड अवे’ क्वीक्स बास्केटबल लिग (केविएल) को फाइनल खेल भोलि शनिबार हुँदैछ । फाइनल अघिको पत्रकार सम्मेलनमा दुवै टिमका प्रशिक्षक र कप्तानले उपाधि जित्ने दावी गरेका छन् ।

गोल्डेनगेट कलेजका प्रशिक्षक विपिन कपालीले आर्मी बलियो टिम रहेपनि गोल्डेनगेटले आर्मीलाई चुनौती दिने बताए । ‘आर्मी लिगमा बलियो देखिएको टोली हो । हामीले लिगको सुरुवातमा राम्रो खेल्न नसकेपनि यहाँँ आइसकेका छौं । लिगको एक खेलमा आर्मीलाई पराजित गर्न सकेका छौं ।’ प्रशिक्षक कपालीले भने, ‘खेल बराबरीकै अवस्थामा हुनेछ । हामी हाम्रो गल्ती दोहोर्‍याउने छैनौं । लिगको पहिलो र अन्तिम खेलसम्म टिमको प्रदर्शनमा थुप्रै परिवर्तन भएको छ । हामी जितकै लागि खेल्नेछौं ।’

यता गोल्डेनगेटका कप्तान विपेन्द्र महर्जनले आर्मीलाई हराउन सक्ने क्षमता टिममा रहेको बताए । ‘हामीसँग भेट्रान, अनुभवी खेलाडीहरुको साथ छ । लिगमा आर्मीलाई पराजित गरिसकेका छौं । सुरुवातमा केही गाह्रो भएको थियो । अहिले टिम सेटमा रहेको छ ।’ कप्तान महर्जनले ‘प्रि म्याच’ पत्रकार सम्मेलनमा भने, ‘हामी हाम्रो तर्फबाट उत्कृष्ट खेल्ने प्रयास गर्नेछौं । हामी टिम र एक परिवारको रुपमा खेल्नेछौं । सबैले सबैलाई बुझेका छन् ।’

यता आर्मीका प्रशिक्षक यमन गुरुङले आर्मी लिगको ‘सोलिड’ टिम रहेको र उपाधिको दावेदार टिम रहेको बताए । ‘पक्कै पनि आर्मी लिगमा सोलिड देखिएको टिम हो । यो टिमले ‘पफर्म’ गर्ने हो भने गोल्डेनगेटलाई पराजित गरेर उपाधि सहजै जित्न सक्छ ।’ प्रशिक्षक गुरुङले भने, ‘खेलमा कहिलेकाही भनेको नलाग्न सक्छ । यो फरक कुरा हो । मैले टिमबाट फाइनलमा उत्कृष्ट खेलको नमुनाको अपेक्षा गरेको छु ।’

यस्तै कप्तान रविन खत्रीले गोल्डेनगेटविरुद्धको खेल बराबरीको हुने बताए । ‘गोल्डेनगेटसँग भेट्रान र अनुभवी खेलाडीहरुको साथ छ । हामीलाई युवा र राष्ट्रिय खेलाडीको साथ छ । त्यसैले भोलिको फाइनल खेल उत्कृष्ट हुनेछ ।’ कप्तान खत्रीले भने, ‘राष्ट्रिय टिमका सदस्यसमेत रहेका विक्रम जोशी टिममा नहुँदा केही प्रभाव पर्ने भएपनि आर्मीले उपाधिकै लागि खेल्नेछ । फाइनल कसले जित्नेछ त्यो भोलि नै थाहा हुनेछ ।’
आयोजक प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) का अध्यक्ष अरुण कार्कीले पहिलोपटक आयोजना गरेको लिगबाट सकरात्मक प्रतिक्रिया पाएको र केविएललाई ब्राण्डको रुपमा स्थापित गरेर आउने दिनहरुमा यो लिगलाई निरन्तरता दिने बताए ।

आर्मीले प्ले अफमा हिमालयन हन्डस्लाई तथा गोल्डेनगेटले विशाल मिलन केन्द्र (विएमके) लाई पराजित गर्दै फाइनलमा पुगेको थियो । आयोजक प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) ले आयोजना गरेको लिगमा विभिन्न ८ टिमले गत फागुन ५ गतेबाट राजधानीको विभिन्न ९ स्थानमा प्रतिस्पर्धा गरेको थियो । लिगको विजेताले २ लाख प्राप्त गर्नेछन् । दोस्रो हुने टोलीले १ लाख ५० हजार प्राप्त गर्ने छ ।

March 29, 2025

टाइम्सले साबा क्लब च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय बास्केटबल च्याम्पियनसिपको‌ विजेता टाइम्स बास्केटबल क्लबले साबा क्लब च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएको छ। भारतको मद्रास स्थित जबहारलाल नेहरु इन्डोर स्टेडियम २१ देखि २५ गते सन्चालन हुनेछ । दक्षिण एसियाली राष्ट्रका नेपालसहित आयोजक , पाकिस्तान, श्रीलंका, माल्दिभ्स, पाकिस्तान र भुटानका लिग च्याम्पियन टोलीको सहभागिता रहनेछ। साबा क्लब च्याम्पियनसिप पहिलो पटक आयोजना हुन […]

March 18, 2025

ह्विलचियर बास्केटबलमा जावलाखेल र आर्मी च्याम्पियन 

काठमाडौं(हाम्रो खेलकुद)- जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जेडब्युएससी) महिलातर्फ र त्रिभुवन आर्मी क्लबले पुरुषतर्फ अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ।  नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइएसए) को आयोजना र युवा तथा खेलकुद मन्त्रालय, बागमती प्रदेशको सहयोगमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आज सकिएको प्रतियोगिताका विजेता दुवै टोलीले ५० हजार रुपैयाँ प्राप्त […]

March 17, 2025

ह्विलचियर बास्केटबल – सेमिफाइनल समीकरण पूरा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा जारी उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमवार सुरु भएको प्रतियोगितामा पहिलो दिन समूह चरणका सबै खेल सकिएका छन् । महिला र पुरुष दुवैतर्फबाट अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो। पुरुषतर्फ […]

Success

Thank you for your time.