7 years ago
March 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले राजधानीमा जारी ‘होम एण्ड अवे’ क्वीक्स बास्केटबल लिगमा आफ्नो अपराजित यात्रा कायमै राखेका छन् ।
लिग अन्तर्गत बुधबार भएको खेलमा आर्मीले टिम बुढानिलकण्ठ नगरपालिकालाई ८९–८४ को अन्तरमा पराजित गर्दै आफ्नो अपरजित यात्रा यथावतै राखेको हो । जितपछि आर्मीले ९ खेलबाट २७ अंकसहित लिगको शीर्ष स्थान थप बलियो बनाएको छ ।
बुढानिलकण्ठको घरेलु मैदानमा आर्मी पहिलो क्वार्टरमा १८–२६ ले पछि परेको थियो । उत्कृष्ट पुनरागमन गरेको आर्मीले दोस्रो क्वार्टरमा ३०–१३ को फराकिलो अग्रता बनायो । तेस्रो क्वार्टरमा २०–२० को बराबरी तथा चौथो क्वार्टरमा २५–२१ को अग्रता लिदै आर्मीले लिगमा लगतार नवौं जित दर्ता गर्न सफल भयो ।
आर्मीका रोविन खत्रीले सर्वाधिक १८ अंकको योगदान दिए । लिग अन्र्तगत बुधबार भएको अर्काे खेलमा साउथ साइडर्सले कीर्तिपुर बास्केटबल टिममाथि ६७–५७ को जित निकाल्यो । साउथ साइडर्सले कीर्तिपुर बास्केटबल टिममाथि १८–११, १४–१९, १६–१४ र १९–१३ को जित निकाल्यो ।
March 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय बास्केटबल च्याम्पियनसिपको विजेता टाइम्स बास्केटबल क्लबले साबा क्लब च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएको छ। भारतको मद्रास स्थित जबहारलाल नेहरु इन्डोर स्टेडियम २१ देखि २५ गते सन्चालन हुनेछ । दक्षिण एसियाली राष्ट्रका नेपालसहित आयोजक , पाकिस्तान, श्रीलंका, माल्दिभ्स, पाकिस्तान र भुटानका लिग च्याम्पियन टोलीको सहभागिता रहनेछ। साबा क्लब च्याम्पियनसिप पहिलो पटक आयोजना हुन […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद)- जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जेडब्युएससी) महिलातर्फ र त्रिभुवन आर्मी क्लबले पुरुषतर्फ अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ। नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइएसए) को आयोजना र युवा तथा खेलकुद मन्त्रालय, बागमती प्रदेशको सहयोगमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आज सकिएको प्रतियोगिताका विजेता दुवै टोलीले ५० हजार रुपैयाँ प्राप्त […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा जारी उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमवार सुरु भएको प्रतियोगितामा पहिलो दिन समूह चरणका सबै खेल सकिएका छन् । महिला र पुरुष दुवैतर्फबाट अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो। पुरुषतर्फ […]