7 years ago
February 24, 2018
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब र हिमालयन हन्डस् राजधानीमा जारी ‘होम एण्ड अवे’ क्वीक्स बास्केटबल लिगमा लगातार वियजी भएका छन् ।
आर्मीले घरेलु मैदानमा टिम बुढानिलकण्ठ नगरपालिकालाई ८९–७६ को अन्तरमा पराजित गरेको हो । लिगमा आर्मीको यो लगातार चौथो जित हो । आर्मीले पहिलो र दोस्रो क्वार्टरमा २४–२१ र २१–१३ को अग्रता बनाएको थियो । तेस्रो क्वार्टर २८–२३ ले गुमाएको आर्मीले चौथो क्वार्टर २१–१४ ले आफ्नो पक्षमा पार्यो । आर्मीका कप्तान सदश प्रधानले २५ तथा रविन खत्रीले २० अंकको योगदान दिए ।
शनिबार भएको अर्काे खेलमा गोल्डेनगेट कलेज घरेलु मैदानमा हिमालयन हन्डससँग ७८–७३ को अन्तरमा पराजित भयो । घरेलु मैदानमा गोल्डेनगेट हिमालयनसामु निरिह जस्तै देखियो । पहिलो क्वार्टर १९–१५ ले गुमाएको गोल्डेनगेटले दोस्रो क्वार्टर भने, २३–१२ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो क्वार्टर २४–२१ ले गुमाएको घरेलु टोलीले चौथो क्वार्टर २३–१४ ले गुमाएपछि हार बेहोर्न पुग्यो । हिमालयनका सौरभ श्रेष्ठले सर्वाधिक ३४ अंक जोडे ।
लिग अन्तर्गत आइतबार साउथ साइडर्स र टिम बुढानिलकण्ठ नगरपालिकाबीच खेल हुनेछ ।
March 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय बास्केटबल च्याम्पियनसिपको विजेता टाइम्स बास्केटबल क्लबले साबा क्लब च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएको छ। भारतको मद्रास स्थित जबहारलाल नेहरु इन्डोर स्टेडियम २१ देखि २५ गते सन्चालन हुनेछ । दक्षिण एसियाली राष्ट्रका नेपालसहित आयोजक , पाकिस्तान, श्रीलंका, माल्दिभ्स, पाकिस्तान र भुटानका लिग च्याम्पियन टोलीको सहभागिता रहनेछ। साबा क्लब च्याम्पियनसिप पहिलो पटक आयोजना हुन […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद)- जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जेडब्युएससी) महिलातर्फ र त्रिभुवन आर्मी क्लबले पुरुषतर्फ अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ। नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइएसए) को आयोजना र युवा तथा खेलकुद मन्त्रालय, बागमती प्रदेशको सहयोगमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आज सकिएको प्रतियोगिताका विजेता दुवै टोलीले ५० हजार रुपैयाँ प्राप्त […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा जारी उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमवार सुरु भएको प्रतियोगितामा पहिलो दिन समूह चरणका सबै खेल सकिएका छन् । महिला र पुरुष दुवैतर्फबाट अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो। पुरुषतर्फ […]