7 years ago
February 19, 2018
काठमाडौं (हाम्रो खेलकुद)– उपाधिको दाबेदार विभागिय त्रिभुवन आर्मी क्लबले राजधानीमा जारी ‘होम एण्ड अवे’ क्विक्स बास्केटबल लिगमा लगातार दोस्रो जित निकालेको छ । आर्मी क्लबको घरेलु मैदानमा भएको सोमबार भएको खेलमा आर्मी उपाधिको अर्को दावेदार टोली गोल्डेनगेट कलेजलाई ७८–५० को फराकिलो अन्तरले पराजित गर्दै लिगमा लगातार दोस्रो जित निकालेको हो ।
आर्मीले यसअघि विशाल मिलन केन्द्रलाई ८७–७३ ले पराजित गरेको थियो । घरेलु कोर्टमा आर्मी पहिलो सेटमा १९–२२ ले पछि परेको थियो । उत्कृष्ट पुनरागमन गरेको आर्मीले त्यसपछिको सबै तीन सेटमा आरमदायी अग्रता बनायो ।
आर्मीले दोस्रो क्वार्टरमा १३–६, तेस्रो क्वार्टरमा २७–१२ र चौथो क्वार्टरमा १९–१० को सहज जित निकालेको थियो । आर्मीको जितमा रविन खत्रीले १७ अंकसहित ६ अंकको लागि सहायता दिदा कप्तान सदिश प्रधानले १६ अंक जोडे । पराजित टिमका लगि विनोद श्रेष्ठले १४ अंक जोडे ।
सोमबारै भएको अर्को खेलमा टिम बुढानिलकण्ठ नगरपालिकाले साउथ साइडर्सलाई ५९–५६ को अन्तरमा पराजित ग¥यो । बुढानिलकण्ठ पहिलो क्वार्टरमा ६–२२ ले पछि परेको थियो । दोस्रो क्वार्टर १६–१४ ले जितेको बुढानिलकण्ठले तेस्रो क्वार्टर पुरै नियन्त्रणमा लिएर १७–२ को जितनिकाल्दा १ अंकको अग्रता बनायो ।
निर्णायक क्वार्टरमा २०–१८ को जित निकालेपछि बुढानिलकण्ठले ३ अंकको अग्रता जित निकाल्यो । बुढानिलकण्ठको लागि तेजेन्द्र गुरुङ र विजय रानाले समान १६ अंकको योगदान दिए । साउथ साइडर्सका लागि सन्जय व्यन्जकारले १७ अंक जोडेपनि टिमलाई जिताउन सकेन । लिग अन्र्तगत मंगलबार हिमालयन हङ्स र बिशालमिनल केन्द्रबीच खेल हुनेछ ।
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्ज्युरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा सोमवार सुरु हुने भएको छ। प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा चैत ४ र ५ गते प्रतियोगिता हुने संघले गोकर्णेश्वर नगरपालिका ६, नारायणटारमा शनिवार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ। प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल तेस्रो साबा महिला च्याम्पियनसिपको समूह चारबाट बाहिरिएको छ । दक्षिण एसियाली बास्केटबल संघ (साबा) को आयोजनामा भारतमा भएको प्रतियोगितामा नेपाल लगातार दोस्रो हार बेहोरेपछि फाइनल पुग्न सकेन । नेपाल लिग चरणको दोस्रो खेलमा माल्दिभ्ससँग ५३-४६ ले पराजित भएपछि समूह चरणबाट नै बाहिरिएको हो । तीन राष्ट्र सम्मिलित प्रतियोगिताको पहिलो खेलमा […]
February 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- टाइम्स ‘ए’ ले अन्तर्राष्ट्रिय थ्रीबाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको उपाधि जितेको छ। बुधबार राति भएको फाइनलमा राइभल पाकिस्तानलाई २१–१७ ले हराउँदै टाइम्स ‘ए’ लगातार दोस्रो पटक च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको खेलमा टाइम्सलाई जित दिलाउन सदीश प्रधानको प्रदर्शन उत्कृष्ट रहयो। यसअघि बुधबार नै भएको पहिलो सेमिफाइनलमा […]