default_image

7 years ago

February 18, 2018

कीर्तिपुरको रोमाञ्चक जित

120 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली कीर्तिपुर बास्केटबल टिमले राजधानीमा जारी ‘होम एण्ड अवे’ क्विक्स बास्केटबल लिगमा रोमाञ्चक जित निकालेको छ । कीर्तिपुर बास्केटबल टिमले हिमालयन हाउण्ड्समाथि एक अंकको रोमाञ्चक जित निकालेको हो ।

घरेलु कोर्टमा आइतबार भएको लिगको खेलमा कीर्तिपुरले ८४–८३ को रोमाञ्चक जित दर्ता गर्‍यो । निकै नै प्रतिस्पर्धात्मक खेलको पहिलो क्वार्टरमा किर्तिपुरले २१–१५ को अग्रता बनायो । दोश्रो क्वार्टरमा हिमालय हाउण्ड्स २२–१८ ले अघि रहँदै दुरी छोट्याएको थियो । तेस्रो क्वार्टरमा २३–२० ले घरेलु टोली विजयी भएपनि हिमालयन हाउण्ड्सले अन्तिम क्वार्टरसम्मका लागि खेललाई जिवित राखेको थियो ।

अन्तिम क्वार्टरमा हिमालयन हाउण्ड्सले २६–२२ ले पछि पारे पनि कीतिपुरलाई समग्रमा ८४–८३ को नतिजा सुम्पियो । कीर्तिपुरको जितमा सुरज खड्गीले सर्वाधिक २१ अंक बटुले ।

प्रतियोगिता अन्तर्गत सोमबार दुई खेल हुनेछ । दिनको पहिलो खेलमा साउथ साइडर्स बास्केटबल क्लबले अवे खेलमा टिम बुढानिलकण्ठ नगरपालिकासँग खेल्नेछ । दोश्रो खेलमा घरेलु टोली त्रिभुवन आर्मि क्लबले गोल्डेनगेट इन्टरनेशनल कलेजको सामना गर्नेछ । नेपालकै पहिलो क्लबस्तरीय होम एण्ड अवे डबल लिग बास्केटबल प्रतियोगितामा ८ टोलीको सहभागिता छ ।

March 29, 2025

टाइम्सले साबा क्लब च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय बास्केटबल च्याम्पियनसिपको‌ विजेता टाइम्स बास्केटबल क्लबले साबा क्लब च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएको छ। भारतको मद्रास स्थित जबहारलाल नेहरु इन्डोर स्टेडियम २१ देखि २५ गते सन्चालन हुनेछ । दक्षिण एसियाली राष्ट्रका नेपालसहित आयोजक , पाकिस्तान, श्रीलंका, माल्दिभ्स, पाकिस्तान र भुटानका लिग च्याम्पियन टोलीको सहभागिता रहनेछ। साबा क्लब च्याम्पियनसिप पहिलो पटक आयोजना हुन […]

March 18, 2025

ह्विलचियर बास्केटबलमा जावलाखेल र आर्मी च्याम्पियन 

काठमाडौं(हाम्रो खेलकुद)- जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जेडब्युएससी) महिलातर्फ र त्रिभुवन आर्मी क्लबले पुरुषतर्फ अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ।  नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइएसए) को आयोजना र युवा तथा खेलकुद मन्त्रालय, बागमती प्रदेशको सहयोगमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आज सकिएको प्रतियोगिताका विजेता दुवै टोलीले ५० हजार रुपैयाँ प्राप्त […]

March 17, 2025

ह्विलचियर बास्केटबल – सेमिफाइनल समीकरण पूरा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा जारी उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमवार सुरु भएको प्रतियोगितामा पहिलो दिन समूह चरणका सबै खेल सकिएका छन् । महिला र पुरुष दुवैतर्फबाट अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो। पुरुषतर्फ […]

Success

Thank you for your time.