7 years ago
February 16, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा पहिलोपटक क्लबस्तरीय ‘क्वीक बास्केटबल’ होम एण्ड अवे डबल राउण्ड रोविन लिग हुने भएको छ ।
आयोजक प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) ले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै डेढ महिनासम्म चल्ने होम एण्ड अवे डबल राउण्ड रोविन लिग बास्केटबलबारे जानकारी गराएको हो । शनिबारबाट शुरु हुने प्रतियोगिता चैत १७ गतेसम्म ९ स्थानमा हुनेछ । यसैबीच आयोजकले लिगको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ ।
लिगमा सहभागी ८ टिमले होम एण्ड अवेको आधारमा एकआपासमा दुई–दुई खेल खेल्नेछन् । लिगमा कुल ६० खेल हुनेछ । लिगमा साउथ साइडर्स, टिम बुढानिलकण्ठ नगरपालिका, हिमालयन हङ्स, गोल्डेनगेट कलेज, त्रिभुवन आर्मी क्लब, जेभियर कलेज, कीर्तिपुर बास्केटबल टिम र विशाल मिलन केन्द्रले सहभागिता जनाएका छन् । पिडिसिएनका अध्यक्ष अरुण कार्कीले लामो समयसम्म बास्केटबल खेलिरहेका टिमलाई लिगमा समावेश गरिएको बताए ।
लिगमा हरेक टोलीले तीनजनासम्म विदेशी खेलाडी राख्न पाउने तर, प्लेइङ फाइभमा एक जनामात्र खेलाउन पाउनेछ । लिगको अंकतालिकाको शीर्ष चारमा रहने टोलीले प्ले अफमा स्थान बनाउनेछन् । प्ले अफको शीर्ष टोलीले चौथो हुने टिम तथा दोस्रो र तेस्रो टोलीसँग फाइनल प्रवेशका लागि खेल्नेछन् ।
प्रतियोगितालाई चौधरी ग्रुपको क्वीक्सले मुख्य प्रायोजन गरेको छ । चौधरी ग्रुपको क्वीक्सका प्रमुख लालबाबु प्रसादले यसअघि चौधरी ग्रुपकै उत्पादन वाई वाई चाउ चाउले क्रिकेटलाई प्रायोजन गरेको बताउदै क्वीक्सले बास्केटबललाई माथि उठाउन प्रायोजन गरिएको बताए । नेपाल बास्केटबल संघका अध्यक्ष लामा टेण्डी शेर्पाले यस लिगलाई संघले प्राविधिक सहयोग गरेको र यो लिगलाई अहिले परिक्षणको रुपमा लिइएको बताए ।
नेपाली राष्ट्रिय टोलीको पुरुषतर्फको कप्तान सदिश प्रधानले यसअघि छोटो फर्म्याटमा विभिन्न प्रतियोगिताहरु खेलेपनि यस्तो खालको प्रतियोगिता नेपालमा आवश्यक रहेको बताए । महिला टोलीकी कप्तान सदिना श्रेष्ठले पुरुषबाट शुर भएको लिग महिलामा पनि हुनुपर्ने बताईन् ।
प्रतियोगिताको विजेताले २ लाख रुपैया प्राप्त गर्नेछन् । दोस्रो हुने टोलीले १ लाख ५० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी, सर्वाधक स्कोरर, डिफेन्स, इमर्जिङ खेलाडी र प्रशिक्षकले एन्टामार्फत १० हजार रुपैया बराबरको उपहार प्राप्त गर्नेछन् । २८ खेलको म्यान अफ दि म्याचले केटिएम सिटीबाट हजार बराबरको उपहार प्राप्त गर्नेछन् । प्रतियोगिताको पहिलो दिन त्रिभुवन आर्मी क्लब र विशाल मिलन केन्द्रबीच खेल हुनेछ । खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कवर्डहलमा हुनेछ ।
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद)- जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जेडब्युएससी) महिलातर्फ र त्रिभुवन आर्मी क्लबले पुरुषतर्फ अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ। नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइएसए) को आयोजना र युवा तथा खेलकुद मन्त्रालय, बागमती प्रदेशको सहयोगमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आज सकिएको प्रतियोगिताका विजेता दुवै टोलीले ५० हजार रुपैयाँ प्राप्त […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा जारी उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमवार सुरु भएको प्रतियोगितामा पहिलो दिन समूह चरणका सबै खेल सकिएका छन् । महिला र पुरुष दुवैतर्फबाट अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो। पुरुषतर्फ […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्ज्युरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा सोमवार सुरु हुने भएको छ। प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा चैत ४ र ५ गते प्रतियोगिता हुने संघले गोकर्णेश्वर नगरपालिका ६, नारायणटारमा शनिवार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ। प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ […]