7 years ago
January 2, 2018
काठमाडौं (हाम्रो खेलकुद) – गोल्डेनगेट कलेजको आयोजनामा गोल्डेनगेट भेट्रान बास्केटबल च्याम्पियनसिप बुधबारबाट सुरु हुने भएको छ ।
आयोजकले मंगलबार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप हुने जानकारी गराएको हो । प्रतियोगितामा खेलाडीको उमेर ३५ वर्षसम्मको तोकिएको छ । सो च्याम्पियनसिप बुधबारबाट शनिबारसम्म हुनेछ ।
राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा ८ टिमले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । च्याम्पियनसिपको विजेताले ५० हजार रुपैंया प्राप्त गर्नेछ भने दोस्रो हुनेले २५ हजार तथा तेस्रो हुनेले १० हजार प्राप्त गर्नेछ । च्याम्पियनसिपको ‘मोष्ट भ्यालुएबल’ खेलाडीले हङकङ–काठमाडौंको आउने जाने टिकट प्राप्त गर्नेछ ।
फिभाको नियमअनुसार हुने च्याम्पियनसिपको सबै खेलहरु बत्तिसपुतलीस्थित कलेजकै कोर्टमा हुनेछन् । च्याम्पियनसिप सञ्चालन गर्न ५ लाख खर्च हुने आयोजकले अनुमान गरेको छ ।
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद)- जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जेडब्युएससी) महिलातर्फ र त्रिभुवन आर्मी क्लबले पुरुषतर्फ अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ। नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइएसए) को आयोजना र युवा तथा खेलकुद मन्त्रालय, बागमती प्रदेशको सहयोगमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आज सकिएको प्रतियोगिताका विजेता दुवै टोलीले ५० हजार रुपैयाँ प्राप्त […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा जारी उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमवार सुरु भएको प्रतियोगितामा पहिलो दिन समूह चरणका सबै खेल सकिएका छन् । महिला र पुरुष दुवैतर्फबाट अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो। पुरुषतर्फ […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्ज्युरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा सोमवार सुरु हुने भएको छ। प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा चैत ४ र ५ गते प्रतियोगिता हुने संघले गोकर्णेश्वर नगरपालिका ६, नारायणटारमा शनिवार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ। प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ […]