default_image

7 years ago

December 3, 2017

रोज बड बास्केटबलमा सीसीआरसी र जेभियर च्याम्पियन

121 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) र जेभियर इन्टरनेसनल कलेजले दोस्रो रोज बड उपत्यकाव्यापी अन्तरकलेज बास्केटबल प्रतियोगिताको च्याम्पियन बनेका छन् ।

basketball

सीसीआरसी ब्वाइज तथा जेभियर गल्र्समा च्याम्पियन बनेका हुन् । बुद्धनगरस्थित आयोजक रोज बडको कोर्टमा भएको ब्वाइजको रोमाञ्चक फाइनलमा सीसीआरसीले गोल्डेनगेट इन्टरनेसनल कलेजलाई ५८–५५ को झीनो अन्तरले पराजित गर्यो । सीसीआरसीका राजेश खनालले १६ अंक जोडे । तेश्रो क्वाटरको समाप्तिसम्म पनि सीसीआरसी ४१–४२ ले पछि थियो । पहिलो क्वाटरमा १४–१६ ले पछाडिको परेको सीसीआरसी दोश्रोमा भने १७–१४ को अग्रता लिन सफल भयो । तेश्रो क्वाटरमा सीसीआरसी फेरि १०–१२ ले पछाडि रह्यो । चौथो तथा अन्तिम क्वाटर सीसीआरसीले १७–१३ ले आफ्नो पक्षमा पार्दै उपाधि सुनिश्चित गर्यो ।

गल्र्सको फाइनलमा जेभियरले साइपाल एकेडेमीलाई ४१–१९ को फराकिलो अन्तरले हरायो । जेभियरको सहज जितमा सुष्मा गौतमले १० अंक योगदान गरिन् । सुरुको क्वाटरमा ७–४ को अग्रता बनाएको जेभियरले अन्तिमसम्म अग्रतालाई जोगाइ राख्यो । जेभियरले बाँकी क्वाटरमा क्रमशः ६–१, ९–३ र १९–११ को प्रदर्शन ग¥यो । फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय रोजेश र सुष्मा आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । विजेतालाई बास्केटबलका प्रमुख प्रशिक्षक दिनेशचन्द्र नकर्मी, रोज बडका चेयरम्यान अन्तु श्रेष्ठ र प्रिन्सिपल दामोदर ढुंगानाले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

मंसिर ७ गतेदेखि सुरु प्रतियोगिताको ब्वाइजमा १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेको रोज बडका इसीए इन्चार्ज राजु श्रेष्ठले जानकारी गराए । गल्र्समा ४ टिमले राउन्ड रोविन लिग पद्धतिमा प्रतिस्पर्धा गरी शीर्ष दुई टिमले पुनः फाइनल खेलेका थिए ।

March 18, 2025

ह्विलचियर बास्केटबलमा जावलाखेल र आर्मी च्याम्पियन 

काठमाडौं(हाम्रो खेलकुद)- जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जेडब्युएससी) महिलातर्फ र त्रिभुवन आर्मी क्लबले पुरुषतर्फ अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ।  नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइएसए) को आयोजना र युवा तथा खेलकुद मन्त्रालय, बागमती प्रदेशको सहयोगमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आज सकिएको प्रतियोगिताका विजेता दुवै टोलीले ५० हजार रुपैयाँ प्राप्त […]

March 17, 2025

ह्विलचियर बास्केटबल – सेमिफाइनल समीकरण पूरा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा जारी उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमवार सुरु भएको प्रतियोगितामा पहिलो दिन समूह चरणका सबै खेल सकिएका छन् । महिला र पुरुष दुवैतर्फबाट अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो। पुरुषतर्फ […]

March 15, 2025

क्लबस्तरीय ह्विलचियर बास्केटबल हुँदै

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्ज्युरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा सोमवार सुरु हुने भएको छ। प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा चैत ४ र ५ गते प्रतियोगिता हुने संघले गोकर्णेश्वर नगरपालिका ६, नारायणटारमा शनिवार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ। प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ […]

Success

Thank you for your time.