7 years ago
November 30, 2017
काठमाडौं ट्रिनिटी इन्टरनेसनल कलेज र सीसीआरसी दोस्रो रोज बड उपत्यकाव्यापी अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
समूह ‘सी’ को लिग खेलमा बिहिबार ट्रिनिटीले आयोजक रोज बडलाई ५६–३० ले पराजित गरी समूह विजेता बन्दै क्वार्टरफाइनलमा प्रवेश गर्न सफल भएको हो । ट्रिनिटीको जितमा साहिल विक्रम राणाले १७ अंक योगदान गरे ।
रोज बड पनि समूह विजेता बन्दै क्वाटरफाइनलमा पुग्न सफल भयो । सीसीआरसीले ज्ञान निकेतनलाई ६५–२१ ले हरायो । सीसीआरसीका रोजेश खनालले १३ अंक जोडे ।
ब्वाइजमै जेभियर इन्टरनेसनल कलेजले एसमाथि ४८–२३ को जित निकाल्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो । जेभियरका विश्व गुरुङले १४ स्कोर गरे । क्वाटरफाइनल ट्रिनिटी र न्यु समिट, सीसीआरसी र मोर्गन, टाइम्स र रोज बड तथा गोल्डेनगेट र जेभियरबीच हुनेछ ।
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद)- जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जेडब्युएससी) महिलातर्फ र त्रिभुवन आर्मी क्लबले पुरुषतर्फ अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ। नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइएसए) को आयोजना र युवा तथा खेलकुद मन्त्रालय, बागमती प्रदेशको सहयोगमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आज सकिएको प्रतियोगिताका विजेता दुवै टोलीले ५० हजार रुपैयाँ प्राप्त […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा जारी उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमवार सुरु भएको प्रतियोगितामा पहिलो दिन समूह चरणका सबै खेल सकिएका छन् । महिला र पुरुष दुवैतर्फबाट अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो। पुरुषतर्फ […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्ज्युरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा सोमवार सुरु हुने भएको छ। प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा चैत ४ र ५ गते प्रतियोगिता हुने संघले गोकर्णेश्वर नगरपालिका ६, नारायणटारमा शनिवार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ। प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ […]