default_image

8 years ago

September 19, 2017

इस्लिङटन र हिमालयलाई उपाधि

123 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – इस्लिङटन कलेज पूरुषतर्फ र हिमालय इन्जिनियरिङ कलेज गल्र्सतर्फ दोस्रो एसीएचएस अन्तर आईटी थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको च्याम्पियन बनेका छन् ।

ACHS basketball

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा मंगलबार भएको ब्वाइज फाइनलमा इस्लिङटनले न्यु समिटलाई २१–१० ले पराजित गर्दै च्याम्पियन बन्यो । इस्लिङटनको जितमा निकेश राईले ८ अंक योगदान गरे । उपाधिसंगै इस्लिङटनले २५ हजार नगद पुरस्कार हात पार्यो । दोस्रो स्थानमा चित्त बुझाएको न्यु समिटले १५ हजार नगदमा चित्त बुझायो ।

गल्र्सको उपाधि भिडन्तमा हिमालयले आयोजक एसियन कलेज आफ हायर स्टडिज (एसीएचएस) लाई ९–३ ले पराजित गर्दै च्याम्पियन बनिन् । हिमालयकी रुबि महर्जनले ५ स्कोर गरिन् । उपाधि विजेता हिमालयले ४ हजार नगद पुरस्कार प्राप्त गर्यो ।

ब्वाइजमा इस्लिङटनका आशिष बस्नेत तथा गल्र्समा हिमालयकी रुबि महर्जन ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा र एसीएचएसका प्रिन्सिपल सविन्द्र महर्जनले पुरस्कृत गरे । एकदिने प्रतियोगिताअन्तर्गत ब्वाइजमा १६ तथा गल्र्समा ३ टिम सहभागी थिए ।

March 29, 2025

टाइम्सले साबा क्लब च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय बास्केटबल च्याम्पियनसिपको‌ विजेता टाइम्स बास्केटबल क्लबले साबा क्लब च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएको छ। भारतको मद्रास स्थित जबहारलाल नेहरु इन्डोर स्टेडियम २१ देखि २५ गते सन्चालन हुनेछ । दक्षिण एसियाली राष्ट्रका नेपालसहित आयोजक , पाकिस्तान, श्रीलंका, माल्दिभ्स, पाकिस्तान र भुटानका लिग च्याम्पियन टोलीको सहभागिता रहनेछ। साबा क्लब च्याम्पियनसिप पहिलो पटक आयोजना हुन […]

March 18, 2025

ह्विलचियर बास्केटबलमा जावलाखेल र आर्मी च्याम्पियन 

काठमाडौं(हाम्रो खेलकुद)- जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जेडब्युएससी) महिलातर्फ र त्रिभुवन आर्मी क्लबले पुरुषतर्फ अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ।  नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइएसए) को आयोजना र युवा तथा खेलकुद मन्त्रालय, बागमती प्रदेशको सहयोगमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आज सकिएको प्रतियोगिताका विजेता दुवै टोलीले ५० हजार रुपैयाँ प्राप्त […]

March 17, 2025

ह्विलचियर बास्केटबल – सेमिफाइनल समीकरण पूरा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा जारी उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमवार सुरु भएको प्रतियोगितामा पहिलो दिन समूह चरणका सबै खेल सकिएका छन् । महिला र पुरुष दुवैतर्फबाट अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो। पुरुषतर्फ […]

Success

Thank you for your time.