8 years ago
September 17, 2017
काठमाडौं (हाम्रो खेलकुद)– दोस्रो संस्करणको एक दिने एसिएचएस अन्तर आइटी कलेज थ्री वाई थ्री बास्केटबल प्रतियोगिता मंगलबार हुने भएको छ । आयोजक एसिएचएस कलेज स्पोर्टस क्लबले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा पुरुषतर्फ १६ र महिलातर्फ ३ आइटी कलेजले भाग लिने जानकारी दियो ।
पुरुषतर्फको खेलहरु लिग कम नकआउट र महिलातर्फको भने राउण्ड रोविनको आधारमा हुने छ । पुरुषतर्फको विजेताले २५ हजार र उपविजेताले १५ हजार प्राप्त गर्ने एसिएचएसका प्रिन्सिपल सबिन्द्र महर्जनले जानकारी गराए ।
प्रतियोगिताको सबै खेलहरु त्रिपुरेश्वस्थित राखेप कभर्डहलमा हुनेछ । प्रतियोगिता सञ्चालन गर्न करिव २ लाख ५० हजार खर्च हुने अनुमान आयोजकले गरेको छ । सहभागी कलेजहरुमा आयोजक एसिएचएस, हिमालय, प्राइम र इस्लिङटनबाट दुई टोलीको सहभागिता रहेको छ । यस्तै न्यू समिट, ट्रिनिटी, वर्नहार्ट, एनसिएसएस, सन वे, एमविएम अर्किड र आईआईएमएस कलेज छन् ।
March 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय बास्केटबल च्याम्पियनसिपको विजेता टाइम्स बास्केटबल क्लबले साबा क्लब च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएको छ। भारतको मद्रास स्थित जबहारलाल नेहरु इन्डोर स्टेडियम २१ देखि २५ गते सन्चालन हुनेछ । दक्षिण एसियाली राष्ट्रका नेपालसहित आयोजक , पाकिस्तान, श्रीलंका, माल्दिभ्स, पाकिस्तान र भुटानका लिग च्याम्पियन टोलीको सहभागिता रहनेछ। साबा क्लब च्याम्पियनसिप पहिलो पटक आयोजना हुन […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद)- जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जेडब्युएससी) महिलातर्फ र त्रिभुवन आर्मी क्लबले पुरुषतर्फ अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ। नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइएसए) को आयोजना र युवा तथा खेलकुद मन्त्रालय, बागमती प्रदेशको सहयोगमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आज सकिएको प्रतियोगिताका विजेता दुवै टोलीले ५० हजार रुपैयाँ प्राप्त […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा जारी उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमवार सुरु भएको प्रतियोगितामा पहिलो दिन समूह चरणका सबै खेल सकिएका छन् । महिला र पुरुष दुवैतर्फबाट अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो। पुरुषतर्फ […]