9 years ago
December 5, 2015
जावलाखेल व्हीलचेयर खेलकुद क्लबले मैत्रीपूर्ण व्हीलचेयर बास्केटबल प्रतियोगतामा शनिबार जित हात पारेको छ ।
राष्ट्रिय पारालिम्पिक कमिटी नेपालद्वारा आयोजित प्रतियोगितामा जावलाखेलले व्हीलचेयर खेलकुद संघलाई १८–१० ले पराजित गर्यो । विजयी टिमका लागि दानबहादुर थिङले ८ अंक जोडे ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले पुरस्कृत गरे । सो अवसरमा कमिटीले सदस्य–सचिव विष्टलाई सम्मान गरेको थियो । कमिटीका कार्यवाहक अध्यक्ष केदारबाबु सिवाकोटीले सदस्य–सचिव विष्टलाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरे । २४ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका अवसरमा मैत्रीपूर्ण बास्केटबल आयोजना गरिएको हो ।
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद)- जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जेडब्युएससी) महिलातर्फ र त्रिभुवन आर्मी क्लबले पुरुषतर्फ अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ। नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइएसए) को आयोजना र युवा तथा खेलकुद मन्त्रालय, बागमती प्रदेशको सहयोगमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आज सकिएको प्रतियोगिताका विजेता दुवै टोलीले ५० हजार रुपैयाँ प्राप्त […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा जारी उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमवार सुरु भएको प्रतियोगितामा पहिलो दिन समूह चरणका सबै खेल सकिएका छन् । महिला र पुरुष दुवैतर्फबाट अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो। पुरुषतर्फ […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्ज्युरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा सोमवार सुरु हुने भएको छ। प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा चैत ४ र ५ गते प्रतियोगिता हुने संघले गोकर्णेश्वर नगरपालिका ६, नारायणटारमा शनिवार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ। प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ […]