8 years ago
September 8, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली युवा टोली पाँचौं एसियन यू १६ पुरुष छनोट बास्केबल च्याम्पियनसिपबाट बाहिरिएको छ । च्याम्पियनसिपको दाबेदार भारतसँग आज १०६–३९ स्कोरमा पराजित हुँदै नेपाल एसियन कप छनोटबाट बाहिरिएको छ ।
तस्बिर– विवेक सुवेदी/हाम्रो खेलकुद
यद्दपी सो प्रतियोगिता तेस्रो साबा च्याम्पिनसिप पनि रहेकोले उक्त प्रतियोगितामा तेस्रो हुने सम्भावना भने नेपालको जीवित नै छ । लगातार दुई खेलमा पराजित भएसँगै एसियन छनोट च्याम्प्यिनसिपबाट नेपाल बाहिरीएको हो । हिजो बंगलादेशसँग तेस्रो क्वार्टरसम्म अग्रता लिएर अन्त्यमा नेपालले खेल गुमाएको थियो ।
आजको खेलमा नेपाल पहिलो क्वार्टरदेखि नै निकै पछि परेको थियो । भारतले पहिलोेदेखि चौथो क्वार्टरमा : २६–१२,२४–७,३२–१२,२४–८ अग्रता लिदै सहजै नतिजा आफ्नो पक्षमा पारेको थियो । च्याम्पियसिपमा भारत एक्लो अपराजित टोली हो । भारतले यसअघि माल्दिभ्स र बंगलादेशलाई हराइसकेको छ भने भुटानसँग खेल्न बाँकी छ ।
पहिलो खेलमा भुटानलाई हराएको नेपालले अन्तिम खेलमा माल्दिभ्सको सामना गर्नेछ । माल्दिभ्सलाई हराउन सके नेपाल साबा च्याम्पियनसिपमा तेस्रो हुनेछ । दक्षिण एसियाका पाँच राष्ट्रको सहभागिता रहेको च्याम्पियनसिपको विजेताले एसियन च्याम्पियनसिपमा प्रवेश पाउनेछ ।
March 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय बास्केटबल च्याम्पियनसिपको विजेता टाइम्स बास्केटबल क्लबले साबा क्लब च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएको छ। भारतको मद्रास स्थित जबहारलाल नेहरु इन्डोर स्टेडियम २१ देखि २५ गते सन्चालन हुनेछ । दक्षिण एसियाली राष्ट्रका नेपालसहित आयोजक , पाकिस्तान, श्रीलंका, माल्दिभ्स, पाकिस्तान र भुटानका लिग च्याम्पियन टोलीको सहभागिता रहनेछ। साबा क्लब च्याम्पियनसिप पहिलो पटक आयोजना हुन […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद)- जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जेडब्युएससी) महिलातर्फ र त्रिभुवन आर्मी क्लबले पुरुषतर्फ अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ। नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइएसए) को आयोजना र युवा तथा खेलकुद मन्त्रालय, बागमती प्रदेशको सहयोगमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आज सकिएको प्रतियोगिताका विजेता दुवै टोलीले ५० हजार रुपैयाँ प्राप्त […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा जारी उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमवार सुरु भएको प्रतियोगितामा पहिलो दिन समूह चरणका सबै खेल सकिएका छन् । महिला र पुरुष दुवैतर्फबाट अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो। पुरुषतर्फ […]