default_image

8 years ago

September 8, 2017

नेपालले आज बलियो भारतको सामना गर्दै

104 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राजधानीमा जारी तेस्रो साबा तथा पाँचौ एसियन यू–१६ पुरुष छनोट बास्केटबल च्याम्पियनसिपको तेस्रो खेलमा आयोजक नेपालले आज उपाधिको दाबेदार भारतको सामना गर्दैछ । खेल त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा दिउँस १ः३० बजे सुरु हुनेछ ।

पहिलो खेलमा भुटानको चुनौती सहजै पन्छाएको नेपालले बिहिबार अर्को बलियो टोली बंगलादेशलाई कडा टक्कर दिएपनि चौथो तथा निर्णायक सेटमा पछि पर्दा दोस्रो खेल ११ अंकले गुमाएको थियो । तेस्रो सेट सकिदासम्म नेपालले पाँच अंकले अग्रता लिइरहेको थियो । तर, त्यो अग्रतालाई नेपालले निर्णायक सेटमा जोगाउन सकेन ।

यस्तैमा आज नेपालले उपाधिको बलियो दाबेदार भारतको सामना गर्दैछ । भारतले भने खेलेका दुवै खेलमा जित हासिल गरिसकेको छ । भारतले पहिलो खेलमा माल्दिभ्सलाई १५२–१७ को फराकिलो अन्तरले पराजित गरेको थियो । भने दोस्रो खेलमा बंगलादेशलाई ८३–६४ ले हराएको थियो ।

यस्तोमा नेपाल भारतलाई रोक्ने रणनीतिका साथ मैदान ओर्लनेछ । तेस्रो दिनको खेल सकिदा भारत शतप्रतिशत जितसहित शीर्ष स्थानमा छ भने तीन खेल खेलको बंगलादेश दुई खेलमा जित र एक खेलमा हार बेहोर्दै तालिकाको दोस्रो स्थानमा छ । नेपालले २ खेलमा १–१ जित÷हार तथा भुटानले ३ खेलमा १ जित र २ हार व्यहोरेका छन् । तीन खेल खेलिसकेको माल्दिभ्स सबैमा पराजित छ ।

दक्षिण एसियाली क्षेत्रको यो प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, भुटान र माल्दिभ्स गरी ५ राष्ट्र सहभागी छन् । सिंगल राउन्ड रोविनका आधारमा हुने प्रतियोगितामा पहिलो हुने टोली मलेसियामा हुने पाँचौं एसियाली यु–१६ पुरुष बास्केटबलका लागि छनोट हुनेछ ।

March 29, 2025

टाइम्सले साबा क्लब च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय बास्केटबल च्याम्पियनसिपको‌ विजेता टाइम्स बास्केटबल क्लबले साबा क्लब च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएको छ। भारतको मद्रास स्थित जबहारलाल नेहरु इन्डोर स्टेडियम २१ देखि २५ गते सन्चालन हुनेछ । दक्षिण एसियाली राष्ट्रका नेपालसहित आयोजक , पाकिस्तान, श्रीलंका, माल्दिभ्स, पाकिस्तान र भुटानका लिग च्याम्पियन टोलीको सहभागिता रहनेछ। साबा क्लब च्याम्पियनसिप पहिलो पटक आयोजना हुन […]

March 18, 2025

ह्विलचियर बास्केटबलमा जावलाखेल र आर्मी च्याम्पियन 

काठमाडौं(हाम्रो खेलकुद)- जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जेडब्युएससी) महिलातर्फ र त्रिभुवन आर्मी क्लबले पुरुषतर्फ अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ।  नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइएसए) को आयोजना र युवा तथा खेलकुद मन्त्रालय, बागमती प्रदेशको सहयोगमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आज सकिएको प्रतियोगिताका विजेता दुवै टोलीले ५० हजार रुपैयाँ प्राप्त […]

March 17, 2025

ह्विलचियर बास्केटबल – सेमिफाइनल समीकरण पूरा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा जारी उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमवार सुरु भएको प्रतियोगितामा पहिलो दिन समूह चरणका सबै खेल सकिएका छन् । महिला र पुरुष दुवैतर्फबाट अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो। पुरुषतर्फ […]

Success

Thank you for your time.