8 years ago
September 6, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा टोलीले भुटानसँग खेल्दै तेस्रो साबा तथा पाँचौं फिबा एसिया यू १६ पुरुष बास्केटबल छनोट च्याम्पियनसिपमा यात्रा सुरु गर्दैछ ।
दक्षिण एसियाका ५ राष्ट्रको सहभागिता रहेको च्याम्पियनसिपको पहिलो दिन मंगलबार नेपालबाहेक सबै टोलीले प्रतिस्पर्धा गरिसकेका छन् । जसमा भारत र बंगलादेश विजयी भएका थिए । बंगलादेशले भुटानलाई ११७–४३ ले र भारतले माल्दिभ्सलाई १५२–१७ ले पराजित गरेको थियो ।
प्रतियोगिताको औपचारिक उद्घाटन त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा आज हुने नेपाल बास्केटबल संघका अध्यक्ष लामा टेन्डी शेर्पाले जानकारी दिएका छन् ।
आज हुने खेलमा नेपालले जितको अपेक्षा राखेको छ । नेपाली टोलीका प्रशिक्षक रविन्द्र महर्जनले भारत बलियो टोली रहेको र अन्य टोलीलाई हराउन प्रयास गरिने बताएका थिए । नेपाली टोलीमा रहेका १२ खेलाडी पहिलो पटक कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदैछन् । नेपालको खेलअघि भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।
नेपाली युवा टोली
अनिष बस्नेत, चिरञ्जिवी रोकाया, सन्तोष दाहाल खत्री (कप्तान), सगुन राई, सतिश लामा, अभिषेक सिंह, निखिल डंगोल, विक्रम बानियाँ, सुरेश विके, आशिष भुजेल, सुजन लिम्बु र आकृष्ट शाही
रविन्द्र महर्जन (मुख्य प्रशिक्षक), आशिष केसी (सहायाक प्रशिक्षक), विष्णुहरि त्रिपाठी (व्यवस्थापक)
March 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय बास्केटबल च्याम्पियनसिपको विजेता टाइम्स बास्केटबल क्लबले साबा क्लब च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएको छ। भारतको मद्रास स्थित जबहारलाल नेहरु इन्डोर स्टेडियम २१ देखि २५ गते सन्चालन हुनेछ । दक्षिण एसियाली राष्ट्रका नेपालसहित आयोजक , पाकिस्तान, श्रीलंका, माल्दिभ्स, पाकिस्तान र भुटानका लिग च्याम्पियन टोलीको सहभागिता रहनेछ। साबा क्लब च्याम्पियनसिप पहिलो पटक आयोजना हुन […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद)- जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जेडब्युएससी) महिलातर्फ र त्रिभुवन आर्मी क्लबले पुरुषतर्फ अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ। नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइएसए) को आयोजना र युवा तथा खेलकुद मन्त्रालय, बागमती प्रदेशको सहयोगमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आज सकिएको प्रतियोगिताका विजेता दुवै टोलीले ५० हजार रुपैयाँ प्राप्त […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा जारी उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमवार सुरु भएको प्रतियोगितामा पहिलो दिन समूह चरणका सबै खेल सकिएका छन् । महिला र पुरुष दुवैतर्फबाट अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो। पुरुषतर्फ […]