8 years ago
August 31, 2017
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष लामा टेन्डी शेर्पालाई खेलकुद सम्बन्धी कुनै पनि काम नलाउनु भन्ने युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसी (राजन) को निर्देशनमा आज सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
उपाध्यक्ष शेर्पाले युवा तथा खेलकुद मन्त्रालयसहित ३ जनाविरुद्ध दर्ता गरेको रिट निवेदनमा चोलेन्द्र शम्शेर जबराको एकल इजिलासले कारण देखाउ आदेश जारी गरेको सर्वोच्चको वेभसाइटमा उल्लेख छ । शेर्पाविरुद्ध झन्डै तीन बर्ष अघि देखिनै फौजदारी मुद्दा चलिरहेका कारण भन्सार कार्यालयबाट प्राप्त पत्रका आधारमा भन्दै राखेपका अध्यक्ष समेत रहेका मन्त्री केसीले भदौं ६ गते ले काम नलगाउन राखेपलाई निर्देशन दिएका थिए ।
एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघका महासचिव समेत रहेका शेर्पा अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव र नेपाल बास्केबट संघका अध्यक्ष हुन् । उनी एमालेको सिफारिसमा तीन बर्षअघि राखेप उपाध्यक्षमा मनोनित भएका थिए ।
भन्सार छलेर झण्डै २५ तोला सुन ल्याउँदै गर्दा शेर्पा २०७१ चैत १४ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै पक्राउ परेका थिए । हङकङबाट स्वदेश फर्कदा उनी राति पक्राउ परेका हुन् । शंका लागेर चेकजाँच गर्दा लामाको साथबाट सुन बरामत भएको बताइएको थियो । पछि उनी १३ लाख रुपैयाँ धरौटीमा छुटेका थिए ।
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल तेस्रो साबा महिला च्याम्पियनसिपको समूह चारबाट बाहिरिएको छ । दक्षिण एसियाली बास्केटबल संघ (साबा) को आयोजनामा भारतमा भएको प्रतियोगितामा नेपाल लगातार दोस्रो हार बेहोरेपछि फाइनल पुग्न सकेन । नेपाल लिग चरणको दोस्रो खेलमा माल्दिभ्ससँग ५३-४६ ले पराजित भएपछि समूह चरणबाट नै बाहिरिएको हो । तीन राष्ट्र सम्मिलित प्रतियोगिताको पहिलो खेलमा […]
February 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- टाइम्स ‘ए’ ले अन्तर्राष्ट्रिय थ्रीबाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको उपाधि जितेको छ। बुधबार राति भएको फाइनलमा राइभल पाकिस्तानलाई २१–१७ ले हराउँदै टाइम्स ‘ए’ लगातार दोस्रो पटक च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको खेलमा टाइम्सलाई जित दिलाउन सदीश प्रधानको प्रदर्शन उत्कृष्ट रहयो। यसअघि बुधबार नै भएको पहिलो सेमिफाइनलमा […]
December 7, 2024
काठमाडौं (हाम्रो खेलकुद)- ह्विलचेयर स्पोर्ट्स एसोसिएसन (डब्ल्युएसए) महिला ह्विलचेयर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ। ३३औं अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघ र राष्ट्रिय अपांग महासंघ नेपालको आयोजनामा शनिवार मध्य बानेश्वरस्थित ग्लोबल कलेजकाे कोर्टमा भएको फाइनलमा डब्ल्युएसएले जावलाखेल ह्विलचेयर स्पोट्र्स क्लबलाई २०-१२ को स्कोरे हराउँदै पहिलो भएको हो। विजेता डब्ल्युएसएकी ज्योती अर्याल […]