8 years ago
August 13, 2017
काठमाडौं (हाम्रो खेलकुद)– आयोजक ग्रिनल्याण्ड र गोल्डेनपिक स्कुल १२ औं क्वीक्स ग्रिनल्याण्ड कप अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको क्वार्टर फाइनलमा पुगेको छ । दीलिप पुन मगरको ३१ स्कोरको मद्दतमा आइतबार सिनियर ब्वाईजको खेलमा ग्रिनल्याण्डले सामाखुसी बोडिङ स्कुल(सेब)लाई ५७–४१ स्कोरले आयो ।
सिनियर ब्वाईजको अर्को खेलमा गोल्डेनपिकले ज्ञान सिन्धुलाई ४८–३६ ले हरायो । गोल्डेनपिकका गोपाल भण्डारीले सर्वाधिक २० स्कोर गरे । दुवै टिमले समूह ‘घ’ बाट समान २ खेल जितेर एक खेल अगावै अन्तिम आठमा पुगेका हुन् । समूह विजेताका लागिा यी दुई टोलीबीच मंगलबार प्रतिस्पर्धा हुनेछ ।
सिनियर ब्वाईजमै समूह ‘क’ बाट एचएचसीए र समूह ‘ख’ बाट लक्ष्मीपुरले दुई खेलमा सफलता हासिल गर्दै एक खेलअघि नै क्वार्टरफाइनल पुगिसकेका छन् । एचएचसीएले अभियान पब्लिकलाई ४५–३५ ले र लक्ष्मीपुर स्कुलले शंखमूलको इनोभेटिभ स्कुललाई ३१–२४ ले हरायो ।
धापासीस्थित आयोजक ग्रीनल्याण्ड स्कुलको कोर्टमा भएको जुनियर ब्वाईजको खेलबाट सफलता हात पादै सेब , ग्रीनल्याण्ड , एनइए , लालीगुरास , मञ्जुगोक्ष , माउण्टग्लोरी , इडनब्रिज , मनास्लु र ओडिसी नकआउट चरण पुगिसकेका छन् ।
जुनियर ब्वाईजको खेलमा बिएनएले पोलिफिकलाई १६–१४ ले, मञ्जुगोक्षले एचएचसीएलाई ३०–१४ ले तथा ओडिसीले कान्तिपुरलाई १०–६ ले हरायो ।
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद)- जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जेडब्युएससी) महिलातर्फ र त्रिभुवन आर्मी क्लबले पुरुषतर्फ अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ। नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइएसए) को आयोजना र युवा तथा खेलकुद मन्त्रालय, बागमती प्रदेशको सहयोगमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आज सकिएको प्रतियोगिताका विजेता दुवै टोलीले ५० हजार रुपैयाँ प्राप्त […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा जारी उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमवार सुरु भएको प्रतियोगितामा पहिलो दिन समूह चरणका सबै खेल सकिएका छन् । महिला र पुरुष दुवैतर्फबाट अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो। पुरुषतर्फ […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्ज्युरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा सोमवार सुरु हुने भएको छ। प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा चैत ४ र ५ गते प्रतियोगिता हुने संघले गोकर्णेश्वर नगरपालिका ६, नारायणटारमा शनिवार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ। प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ […]