8 years ago
August 6, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – नेबा प्रेसिडेन्ट कप थ्री बाइ थ्री राष्ट्रव्यापी पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको उपाधि क्रमश: गोल्डेनगेट ‘बी’ र प्राइम ‘डि’ ले जितेका छन् । आइतबार भएको दुवै फाइनल खेल प्रतिस्पर्धात्मक रह्यो।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताको पुरुष फाइनलमा गोल्डेनगेट ‘बी’ ले गोल्डेनगेट ‘ए’ लाई २१–२० को झीनो अन्तरले पराजित ग¥यो । विजयी टिमका लागि अशिम श्रेष्ठ र राजिव जोशीले ७–७, विक्रम डंगोलले ५ तथा अनिश शाहीले २ अंक जोडे । विजेताले ४० हजार नगद पुरस्कार पायो भने उपविजेताले २० हजार नगदमा चित्त बुझायो ।
नेपाल बास्केटबल संघ (नेबा) को सहकार्यमा ललितपुर जिल्ला बास्केटबल संघले आयोजना गरेको प्रतियोगिताको महिला उपाधि भिडन्तमा प्राइम ‘डि’ ले प्राइम ‘ए’ लाई १३–११ ले हरायो । जितमा लुनिभा सिंहले १०, सिर्जना गिरीले २ र येति क्षेत्रीले १ अंक योगदान गरे । प्राइम ‘डि’ ले ३० हजार तथा प्राइम ‘ए’ ले १५ हजार नगद पुरस्कार हात पारे । पुरुषमा राजिव जोशी र महिलामा लुनिभा सिंह ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए । उपाधि विजेता टोलीका दुवैलाई समान ७–७ हजार नगदबाट पुरस्कृत गरियो ।
लिग कम नकआउट आधारमा भएको प्रतियोगिताको अन्तिम दिन आइतबार सबै चरणका नकआउट खेल भएका थिए । पहिलो दिन शनिबार समूह चरणको खेल खेलाइएको थियो ।
विजेतालाई नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, राखेपका उपाध्यक्ष एवं एनओसीका महासचिव समेत रहेका नेबाका अध्यक्ष लामा टेन्डी शेर्पा, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, नेबाका उपाध्यक्ष भुवनसिंह गुरुङ, महासचिव नरेन्द्र थापा, आयोजक ललितपुर जिल्ला बास्केटबल संघका महासचिव शरद् विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगिताको पुरुषमा ४८ तथा महिलामा १२ गरी ६० टिम सहभागी थिए ।
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद)- जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जेडब्युएससी) महिलातर्फ र त्रिभुवन आर्मी क्लबले पुरुषतर्फ अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ। नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइएसए) को आयोजना र युवा तथा खेलकुद मन्त्रालय, बागमती प्रदेशको सहयोगमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आज सकिएको प्रतियोगिताका विजेता दुवै टोलीले ५० हजार रुपैयाँ प्राप्त […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा जारी उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमवार सुरु भएको प्रतियोगितामा पहिलो दिन समूह चरणका सबै खेल सकिएका छन् । महिला र पुरुष दुवैतर्फबाट अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो। पुरुषतर्फ […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्ज्युरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा सोमवार सुरु हुने भएको छ। प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा चैत ४ र ५ गते प्रतियोगिता हुने संघले गोकर्णेश्वर नगरपालिका ६, नारायणटारमा शनिवार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ। प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ […]