8 years ago
August 5, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल बास्केटबल संघको सहकार्य तथा ललितपुर जिल्ला बास्केटबल संघको आयोजनामा नेबा प्रेसिडेन्ट कप थ्री बाइ थ्री राष्ट्रव्यापी पुरुष तथा महिला बास्केटबल प्रतियोगिता शनिबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सुरु भएको छ।
सुरुको दिन महिलातर्फ क्वाटरफाइनल तथा पुरुषमा प्रिक्वाटरफाइनल समीकरण तयार भएको छ । महिलाको क्वबटरफाइनलमा प्राइम ‘ए’ ले प्राइम ‘सी’, आर्मीले रातो बंगला, साइपाल ‘बी’ ले साइपाल ‘ए’ तथा प्राइम ‘डि’ ले प्राइम ‘बी’ संग प्रतिस्पर्धा गर्नेछन् ।
पुरुषको प्रिक्वाटरफाइनल गोल्डेनगेट ‘सी’ र भनिमण्डल ‘ए’, गोल्डेनगेट ‘बी’ र टाइम्स, गोल्फुटार र आर्मी ‘बी’, साउथ साइडर्स ‘सी’ र नयाँ बजार ‘ए’, हिमालयन हौन्ड्स ‘ए’ र बीएमके, साउथ साइडर्स ‘ए’ र यु–१६ ‘बी’, गोल्डेनगेट ‘ए’ र साउथ साइडर्स ‘बी’ तथा हिमालयन हौन्ड्स ‘बी’ आर्मी ‘ए’ बीच हुनेछ।
आइतबार सम्पन्न हुने प्रतियोगिताको पुरुषमा ४८ तथा महिलामा १२ गरी ६० टिम सहभागी छन् । पुरुषको विजेताले ४० हजार र उपविजेताले २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । महिलामा पहिलो हुनेलाई ३० हजार र दोश्रोलाई १५ हजार नगदबाट पुरस्कृत गरिने छ । दुवै समूहका उत्कृष्ट खेलाडीलाई जनही १५ हजार नगद पुरस्कार प्रदान गरिने छ। प्रतियोगिताको राखेपका उपाध्यक्ष समेत रहेका नेपाल बास्केटबल संघका अध्यक्ष लामा टेन्डी शेर्पाले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए।
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद)- जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जेडब्युएससी) महिलातर्फ र त्रिभुवन आर्मी क्लबले पुरुषतर्फ अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ। नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइएसए) को आयोजना र युवा तथा खेलकुद मन्त्रालय, बागमती प्रदेशको सहयोगमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आज सकिएको प्रतियोगिताका विजेता दुवै टोलीले ५० हजार रुपैयाँ प्राप्त […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा जारी उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमवार सुरु भएको प्रतियोगितामा पहिलो दिन समूह चरणका सबै खेल सकिएका छन् । महिला र पुरुष दुवैतर्फबाट अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो। पुरुषतर्फ […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्ज्युरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा सोमवार सुरु हुने भएको छ। प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा चैत ४ र ५ गते प्रतियोगिता हुने संघले गोकर्णेश्वर नगरपालिका ६, नारायणटारमा शनिवार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ। प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ […]