8 years ago
May 23, 2017
काठमाडौं (हाम्रो खेलकुद) – माल्दिभ्समा जारी छैटौं साबा च्याम्पियनसिप अन्तर्गत अन्तिम खेलमा भारतसँग ९०-४४ स्कोरले हार व्येहोर्दै नेपालले प्रतियोगिता टुंग्याएको छ। प्रतियोगितामा खेलेका ४ खेलमध्ये एक खेलमा जित दर्ता गरेको नेपालले ३ खेलमा पराजित भयो।
तस्बिर सौजन्य: पिएसएम स्पोर्ट्स
प्रतियोगिताको पहिलो खेलमा बंगलादेशसंग ७६-६६ले पराजित भएको नेपालले दोश्रो खेलमा आयोजक राष्ट्र माल्दिभ्सलाई ६१-५९ले पराजित गरेको थियो। तेश्रो खेलमा श्रीलंकासँग ८१-६५ले पराजित भएको नेपाल अन्तिम खेलमा पनि भारतसँग पराजित भएको हो।
प्रतियोगिताको पाँचौ संस्करणमा तेश्रो भएको नेपाल अंक तालिकाको चौथो स्थानमा छ। साविक विजेता भारत प्रतियोगिताको शीर्षस्थानमा रहँदै २०१७ फिबा एसिया कप र २०१७ फिबा एसिया च्याम्पियन्स कपमा छनोट हुने सम्भावना पनि बढ्दो छ। आयोजा माल्दिभ्ससँग अन्तिम खेल खेल्न बाँकी रहेको अवस्थामा भारत तालिकाको दोश्रो स्थानमा छ। उसले शीर्ष स्थानमा रहेको बंगलादेशलाई पनि १४२-७१ले पराजित गरिसकेको छ।
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद)- जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जेडब्युएससी) महिलातर्फ र त्रिभुवन आर्मी क्लबले पुरुषतर्फ अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ। नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइएसए) को आयोजना र युवा तथा खेलकुद मन्त्रालय, बागमती प्रदेशको सहयोगमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आज सकिएको प्रतियोगिताका विजेता दुवै टोलीले ५० हजार रुपैयाँ प्राप्त […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा जारी उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमवार सुरु भएको प्रतियोगितामा पहिलो दिन समूह चरणका सबै खेल सकिएका छन् । महिला र पुरुष दुवैतर्फबाट अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो। पुरुषतर्फ […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्ज्युरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा सोमवार सुरु हुने भएको छ। प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा चैत ४ र ५ गते प्रतियोगिता हुने संघले गोकर्णेश्वर नगरपालिका ६, नारायणटारमा शनिवार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ। प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ […]