8 years ago
May 16, 2017
सदीश प्रधानको कप्तानीमा रहेको टोलीका अन्य खेलाडीमा सौरव श्रेष्ठ, अजय कुश्वाहा, विनोद महर्जन, विनोद श्रेष्ठ, केतन खड्का, मविन्द्र भण्डारी, विक्रम जोशी, रविन खत्री, अशिम श्रेष्ठ, विजय बुर्जा र आयुश सिंह रहेका छन् । प्रशिक्षकमा दिनेशचन्द्र नकर्मी तथा व्यवस्थापकमा नेपाल बास्केटबल संघका सचिव फणिन्द्रमान श्रेष्ठ छन् । फिबा रेफ्री राजकुमार महर्जन पनि टोलीसंगै माले जानेछन् ।
टोलीलाई सफलताको शुभकामना दिदै नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवं बास्केटबल संघका अध्यक्ष समेत रहेका एनओसी महासचिव लामा टेन्डी शेर्पालगायतले एक कार्यक्रमबीच बिदाइ गरे ।
मे १९ देखि २३ तारिखसम्म हुने प्रतियोगितामा नेपालसहित माल्दिभ्स, श्रीलंका, भारत र बंगलादेश गरी ५ राष्ट्रको सहभागिता रहनेछ । राउन्ड रोविन लिगका आधारमा हुने प्रतियोगिताको विजेताले लेबनन्मा अगष्टमा हुने फिबा एसिया कपमा सहभागिता निश्चित गर्नेछ ।
विगतका ४ संस्करणमा नेपालले तेश्रोमा बाहेक सबैमा तेश्रो स्थान हासिल गरेको थियो । नेपालमै भएको तेश्रो संस्करणमा भने नेपाल चौथो भएको थियो ।
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद)- जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जेडब्युएससी) महिलातर्फ र त्रिभुवन आर्मी क्लबले पुरुषतर्फ अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ। नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइएसए) को आयोजना र युवा तथा खेलकुद मन्त्रालय, बागमती प्रदेशको सहयोगमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आज सकिएको प्रतियोगिताका विजेता दुवै टोलीले ५० हजार रुपैयाँ प्राप्त […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा जारी उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमवार सुरु भएको प्रतियोगितामा पहिलो दिन समूह चरणका सबै खेल सकिएका छन् । महिला र पुरुष दुवैतर्फबाट अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो। पुरुषतर्फ […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्ज्युरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा सोमवार सुरु हुने भएको छ। प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा चैत ४ र ५ गते प्रतियोगिता हुने संघले गोकर्णेश्वर नगरपालिका ६, नारायणटारमा शनिवार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ। प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ […]