10 years ago
August 4, 2015
ब्वाइज तर्फ प्राइम कलेज र गल्र्स तर्फ भ्यालीले “दोश्रो गणेशमान सिंह स्मृति कप” हात पारेकोछ ।
सोमबार सम्पन्न बास्केटबलको ब्वाईज तर्फको फाइनल खेलमा प्राईमले गोल्डेनगेटलाई ५१–३८ बास्केटले पराजित गर्दै कप आफ्नो हात पार्न सफल भएको हो । पहिलो क्वाटरमा ६–६ अंक स्कोर भएकोमा दोश्रो र तेश्रो क्वाटरमा प्राईमले १७–१० र २२–१६ को अग्रता लिन सफल भयो । चौथो क्वाटरमा भनै दुबै टोलीको समान ६–६ स्कोर भयो । प्राइमको लागि मस्ट भ्यालुएबल प्लेयर निश्चल महर्जनले १५ स्कोरको योगदान गरे ।
गणेशमान सिंह फाउन्डेसनद्वारा संचालित प्रतियोगिता गल्र्स तर्फ भ्यालीले नासा माथि २५–२३ अंकले पराजित गर्दै कप उचाल्यो । पहिलो क्वाटरमा ४–११ले पछि परेको भ्याली दोश्रो क्वाटरमा ७–१ले अगाडी बढ्यो । तेश्रो क्वाटरमा ६–५ले पछि परेता पनि चौथो क्वाटरमा ५–३ले अगाडी बढ्दै समान २१–२१ अंक बनाउन सफल भयो । थप गरिएको समयमा भ्यालीले ४–२ अंकको बास्केट गर्दर्ै कप आफ्नो पक्षमा पार्यो । भ्यालीको लागि सुषमा गौतमले ११ अंक जोडिन् । उनी प्रतियोगिताको उत्कृष्ट खेलाडी समेत चुनिईन् ।
विजेता खेलाडी टिमले १५ हजार र उपविजेता टिमले १० हजार नगद प्राप्त गरे । मोस्ट भ्यालुएवल खेलाडीहरुले नगद ५ हजार प्राप्त गरे ।
बिजयी खेलाडीहरुलाई नेपाल सरकारका उपप्रधान, स्थानिय विकास एवं संघिय मामिला मन्त्री प्रकाश मान सिंहले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा ब्वाईज तर्फ १५ र गल्र्स तर्फ ८ टिमको सहभागिता रहेको थियो ।
March 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय बास्केटबल च्याम्पियनसिपको विजेता टाइम्स बास्केटबल क्लबले साबा क्लब च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएको छ। भारतको मद्रास स्थित जबहारलाल नेहरु इन्डोर स्टेडियम २१ देखि २५ गते सन्चालन हुनेछ । दक्षिण एसियाली राष्ट्रका नेपालसहित आयोजक , पाकिस्तान, श्रीलंका, माल्दिभ्स, पाकिस्तान र भुटानका लिग च्याम्पियन टोलीको सहभागिता रहनेछ। साबा क्लब च्याम्पियनसिप पहिलो पटक आयोजना हुन […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद)- जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जेडब्युएससी) महिलातर्फ र त्रिभुवन आर्मी क्लबले पुरुषतर्फ अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ। नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइएसए) को आयोजना र युवा तथा खेलकुद मन्त्रालय, बागमती प्रदेशको सहयोगमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आज सकिएको प्रतियोगिताका विजेता दुवै टोलीले ५० हजार रुपैयाँ प्राप्त […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा जारी उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमवार सुरु भएको प्रतियोगितामा पहिलो दिन समूह चरणका सबै खेल सकिएका छन् । महिला र पुरुष दुवैतर्फबाट अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो। पुरुषतर्फ […]