8 years ago
April 3, 2017
पोखरा (हाम्रो खेलकुद) – जावलाखेलले पाँचौ भिबोर सोसाइटी राष्ट्रिय ह्विल चियर बास्केटबल प्रतियोगितामा उपाधि जितेको छ । पोखरा रंगशालामा सोमबार भएको फाइनलमा नेपाली सेनाको आर्मी टिमलाई ३०–२७ स्कोरले हराउँदै जावलाखेल च्याम्पियन बनेको हो ।
अपांग खेलकुद समिति कास्की र स्वाबलम्बन जीवन पद्धती समाज नेपालको संयुक्त आयोजनामा भएको प्रतियोगितामा आयोजक समिति कास्कीले तेस्रो भयो । तेश्रो स्थानका लागि भएको प्रतिस्पर्धामा आयोजकले डब्लु. एस. ए. जोरपाटीलाई १८–१० स्कोरले हरायो ।
जावलाखेलले उपाधिसहित २० हजार रुपैयाँ प्राप्त गर्यो । दोस्रो टोली आर्मीले १० हजार र तेस्रो आयोजक टोलीले ५ हजार रुपैयाँ प्राप्त गर्यो । वर्षातका कारण फाइनल र तेस्रो स्थानको खेल पटक पटक अबरुद्ध भएको थियो । अबरुद्ध हुदै पुन ः सञ्चालन हुँदै सम्पन्न भएको हो ।
प्रतियोगितामा जाउलाखेलका दानबहादुर थिङ उत्कृष्ट खेलाडी तथा आर्मीका राजु कटुवाल हाइएष्ट स्कोरर भए । उनले १५ स्कोर गरेका थिए । उनीहरुले मोबाइल पुरस्कार प्राप्त गरे ।
विजयी खेलाडीहरुलाई पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, नेपाल बास्केटबल संघका उपाध्यक्ष जुमप्रसाद गुरुङ, आयोजक समितिका अध्यक्ष भरतविक्रम बानियाँ लगायतले पुरस्कार वितरण गरे । दुई दिन चलेको प्रतियोगितामा टोलीको सहभागिता थियो ।
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद)- जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जेडब्युएससी) महिलातर्फ र त्रिभुवन आर्मी क्लबले पुरुषतर्फ अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ। नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइएसए) को आयोजना र युवा तथा खेलकुद मन्त्रालय, बागमती प्रदेशको सहयोगमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आज सकिएको प्रतियोगिताका विजेता दुवै टोलीले ५० हजार रुपैयाँ प्राप्त […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा जारी उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमवार सुरु भएको प्रतियोगितामा पहिलो दिन समूह चरणका सबै खेल सकिएका छन् । महिला र पुरुष दुवैतर्फबाट अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो। पुरुषतर्फ […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्ज्युरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा सोमवार सुरु हुने भएको छ। प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा चैत ४ र ५ गते प्रतियोगिता हुने संघले गोकर्णेश्वर नगरपालिका ६, नारायणटारमा शनिवार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ। प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ […]