default_image

4 days ago

March 29, 2025

टाइम्सले साबा क्लब च्याम्पियनसिप खेल्ने

631 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय बास्केटबल च्याम्पियनसिपको‌ विजेता टाइम्स बास्केटबल क्लबले साबा क्लब च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएको छ।

भारतको मद्रास स्थित जबहारलाल नेहरु इन्डोर स्टेडियम २१ देखि २५ गते सन्चालन हुनेछ । दक्षिण एसियाली राष्ट्रका नेपालसहित आयोजक , पाकिस्तान, श्रीलंका, माल्दिभ्स, पाकिस्तान र भुटानका लिग च्याम्पियन टोलीको सहभागिता रहनेछ।

साबा क्लब च्याम्पियनसिप पहिलो पटक आयोजना हुन लागेको बताइएको छ। टाइम्सले पहिलो खेलमा श्रीलंकाको कोलम्बो बिसीको सामना गर्नेछ।

टोलीको सबै खर्च टाइम्स कलेजले बेहोर्ने बताइएको छ। टाइम्स टोलीका सदस्य एवम् राष्ट्रिय टोलीका कप्तान सधिश प्रधानले राष्ट्रिय च्याम्पियनसिपदेखि नै प्रशिक्षण गरेकाले तयारी सन्तोषजनक रहेको बताए ।

नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङले नेपालको बास्केटबल विकासमा टाइम्सको महत्वपूर्ण योगदान रहेको चर्चा गरे । उनले टोलीको सफलताको लागि शुभकामना पनि दिए‌।

बास्केटबल संघका अध्यक्ष गुरुङ, महासचिव नरेन्द्र थापाले टाइम्स कलेजका बोर्ड अफ डाइरेक्टर सुजन अर्याल र विष्णु पाण्डे टाइम्स टोलीलाई बिदाइ गरेका थिए। टोली सोमवार भारत प्रस्थान गर्ने बताइएको छ।

टाइम्स बास्केटबल क्लब
नविन्द्रर भण्डारी (कप्तान), सधिश प्रधान, विजय बुर्जा, मनिष केसी, सुरज खड्गी, श्रेयश बहादुर शाही, अदृतबहादुर शाही, कमल थापा, छिरिङ थिन्ले

March 18, 2025

ह्विलचियर बास्केटबलमा जावलाखेल र आर्मी च्याम्पियन 

काठमाडौं(हाम्रो खेलकुद)- जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जेडब्युएससी) महिलातर्फ र त्रिभुवन आर्मी क्लबले पुरुषतर्फ अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ।  नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइएसए) को आयोजना र युवा तथा खेलकुद मन्त्रालय, बागमती प्रदेशको सहयोगमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आज सकिएको प्रतियोगिताका विजेता दुवै टोलीले ५० हजार रुपैयाँ प्राप्त […]

March 17, 2025

ह्विलचियर बास्केटबल – सेमिफाइनल समीकरण पूरा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा जारी उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमवार सुरु भएको प्रतियोगितामा पहिलो दिन समूह चरणका सबै खेल सकिएका छन् । महिला र पुरुष दुवैतर्फबाट अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो। पुरुषतर्फ […]

March 15, 2025

क्लबस्तरीय ह्विलचियर बास्केटबल हुँदै

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्ज्युरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा सोमवार सुरु हुने भएको छ। प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा चैत ४ र ५ गते प्रतियोगिता हुने संघले गोकर्णेश्वर नगरपालिका ६, नारायणटारमा शनिवार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ। प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ […]

Success

Thank you for your time.