2 months ago
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा जारी उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमवार सुरु भएको प्रतियोगितामा पहिलो दिन समूह चरणका सबै खेल सकिएका छन् । महिला र पुरुष दुवैतर्फबाट अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो।
पुरुषतर्फ समूह ‘ए’ बाट आर्मी समूह विजेता र एपिएफ उपविजेता हुँदै सेमिफाइनल पुगेको छ । आर्मीले सबै ३ खेल जित्यो । एपिएफ आर्मीसँग पराजित भयो।
अर्को समूहबाट आयोजक एनएससिआइए समूह विजेता र बिआइए उपविजेता अघि बढ्यो । सेमिफाइनलमा आर्मीले बिआइए र एपिएफले एनएसिसआइएसँग खेल्नेछ।
महिलातर्फ समूह ‘ए’ बाट राष्ट्रिय आदिवासी अपांग महिला संघ नेपाल (निडवान) र आयोजक टोली एनएससिआइए सेमिफाइनलमा प्रवेश गरे ।
अर्को समूहबाट डब्ल्युएसए विजेता तथा जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जिडब्युएससी) ले उपविजेता हुँदै सेमिफाइनल यात्रा तय गर्यो ।
प्रतियोगिताका टेक्निकल हेड तथा कमिस्नर प्रेमसुन्दर होनाका अनुसार सेमिफाइनलमा अब डब्ल्युएसएले एनएससिआइए र निडवानले जिडब्युएससीसँग प्रतिस्पर्धा गर्नेछन्।
एनएससिआइए अध्यक्ष देवी आचार्यले अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन बागमती प्रदेश सभा सदस्य लक्ष्मी घिमिरेले गरिन् ।
May 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा हुने हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) खेलतालिका सार्वजनिक भएको छ । बैशाख २० गते देखि सुरु हुने लिगको बुधवार खेलतालिका सार्वजनिक भएको छ । तालिका अनुसार लिगको उद्घाटन खेलमा शनिवार कीर्तिपुर र सामाखुशी युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । पहिलो दिन शनिवारै हाउण्ड्स एकेडेमी र रोएल्सबीच पनि […]
April 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल बास्केटबल संघ (नेबा) ले हिमालयन जाबा बास्केटबल लिग गर्ने भएको छ। लिग वैशाख २० गते सुरु हुने बिहीवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। लिगको प्रमुख प्रायोजक हिमालयन जाभा रहेको छ। ६ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। टाईम्स, हाउण्ड्स, कीर्तिपुर, रोएल्स, गोल्डेनगेट र सामाखुशी क्लबले दाबेदारी प्रस्तुत गर्नेछन्। दोहोरो राउन्ड रोबिन ३२ […]
April 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालको टाइम्स बास्केटबल क्लबले साबा क्लब च्याम्पियनसिपमा कास्य पदक जितेको छ। टाइम्सले आफ्नो चौथो तथा अन्तिम खेलमा सोमवार भुटानको थिम्पु म्याजिकलाई ८७-५९ ले हराउँदै तेस्रो स्थान पक्का गरेको हो। भारतको मद्रासस्थित जवाहरलाल नेहरु इन्डोर स्टेडियममा टाइम्सले पहिलो क्वाटरबाट नै खेलमा पकड बनाएको थियो। चौथो क्वाटर बाहेक सबैमा अग्रता लिएको थियो। पहिलोमा ३०-१२, दोस्रोमा […]