8 years ago
February 8, 2017
काठमाडौं – (हाम्रो खेलकुद) – पाचौँ नेरिक बास्केटबल प्रतियोगिता बिहिबारदेखि हुने भएको छ । बुधवार पत्रकार सम्मेलन मार्फत आयोजक नेरिक इन्टरनेशनल स्कुलका प्रिन्सिपल मन खत्रीले जानकारी गराए ।
फागुन ४ गतेसम्म संचालन हुने प्रतियोगितामा सिनियर ब्वाईज र जुनियर ब्वाईजका समान १२-१२ विद्यालयको सहभागीता रहनेछ । लिगकम नकआउटका आधारमा हुने प्रतियोगिताको सिनियरतर्फ समुह एमा नेरिक “ए”सुदेसा,ज्ञान निकेतन,सुमह बीमा काभ्य,बुद्ध एकेडेमी,माउन्ट कैलाश,समुह सीमा एचएचसीए,एसभी एकेडेमी,स्वर्णिम तारा र समुह डीमा ग्रीनफिल्ड,भ्याली पब्लिक,एआइए र नेरिक “बी” रहेका छन् ।
जुनियरतर्फ सुमह एमा लालिगुरास,ओडीसी,नेरिक,सुमह बीमा ग्रीनफिल्ड,पुस्प सदन,ग्रीनल्याण्ड,समुह सीमा ज्ञान निकेतन,पिपुल्स,एन्जल लर्ड तथा समुह डीमा एसइबी,एआए र काठमाडौं जेभियर रहेका छन् ।
दुवैतर्फको विजेताले नगद १० हजार र ट्रफि तथा उपविजेताले पाँच हजार रुपैया र ट्रफि प्राप्त गर्नेछन् भने तेस्रोले ट्रफि प्राप्त गर्नेछन् । मस्ट भ्यालुएबल प्लेयर ट्रफि र एक हजार नगद पुरस्कार हात पार्नेछन् । प्रतियोगिता संचालनका लागि अनुमानित ३ लाख लागत लाग्ने आयोजकले जनाएको छ ।
February 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- टाइम्स ‘ए’ ले अन्तर्राष्ट्रिय थ्रीबाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको उपाधि जितेको छ। बुधबार राति भएको फाइनलमा राइभल पाकिस्तानलाई २१–१७ ले हराउँदै टाइम्स ‘ए’ लगातार दोस्रो पटक च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको खेलमा टाइम्सलाई जित दिलाउन सदीश प्रधानको प्रदर्शन उत्कृष्ट रहयो। यसअघि बुधबार नै भएको पहिलो सेमिफाइनलमा […]
December 7, 2024
काठमाडौं (हाम्रो खेलकुद)- ह्विलचेयर स्पोर्ट्स एसोसिएसन (डब्ल्युएसए) महिला ह्विलचेयर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ। ३३औं अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघ र राष्ट्रिय अपांग महासंघ नेपालको आयोजनामा शनिवार मध्य बानेश्वरस्थित ग्लोबल कलेजकाे कोर्टमा भएको फाइनलमा डब्ल्युएसएले जावलाखेल ह्विलचेयर स्पोट्र्स क्लबलाई २०-१२ को स्कोरे हराउँदै पहिलो भएको हो। विजेता डब्ल्युएसएकी ज्योती अर्याल […]
June 10, 2024
सिड्नी (हाम्रो खेलकुद) – छन्त्याल परिवार अस्ट्रेलिया (सिपिए) र ढोरपाटन क्लब अस्ट्रेलियाले मोना एकदिने पुरुष तथा महिला भलिबलको उपाधि जितेका छन् । छन्त्याल पुरुषमा तथा ढोरपाटन महिलामा च्याम्पियन बनेका हुन् । छन्त्याल परिवारले आयोजक म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो । ओबर्न बास्केटबल सेन्टर लिडकममा […]